मधुपर्क, २०६६ कात्तिक
 
जनताबाट अनुमोदित 'महाकवि'
-तुलसीहरि कोइराला
 

"हिन्दी कवितालाई सोह्रौँ शताब्दीदेखि बीसौँ शताब्दीको मध्यसम्म जे जस्ता अवस्था पार गर्नुपर्‍यो, नेपाली कवितालाई हाम्रो चार शताब्दीको यात्रा एकै शताब्दीमा पूरा गर्नु पर्‍यो तर यस्तो हतारलाई हेरी त्यसलाई अपरिपक्व सम्भिmन हुन्न । यसको लागि एउटा प्रमाण महाकवि देवकोटा नै छन्, जसमा हामी हाम्रा हिन्दीमा पन्त, प्रसाद, निरालाहरूलाई सम्पूर्णरूपमा पाउने मात्र होइन, बरु हामी उनमा पि्रय प्रवासका कवि हरि औधलाई विकसित रूपमा पाउँछौँ भने अर्काेतिर अर्के महाकवि पनि पाउँछाँै, जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन ।"

- राहुल सांकृत्यायन

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नजिकबाट चिनेका र उनको लेखनीबाट प्रभावित भएर देवकोटाप्रति नतमस्तक हुँदै भारतीय प्रसिद्ध साहित्यकार राहुल सांकृत्यायनले देवकोटाका बारेमा लेखेको लामो लेख धेरैतिर प्रकाशित भइसकेको छ । एउटा कविले अर्काे कविलाई गरेको यस्तो सम्मान उसको गुण र क्षमताको पहिचान नगरी पक्कै पनि होइन । वास्तवमा लक्ष्मीप्रसाद देवकोटा अद्वितीय प्रतिभा हुन्, युगले पाएको महापुरुष हुन् । यस्ता महापुरुषको शतवाषिर्की समारोहको सेरोफेरोमा छौँ हामी । सि·ो देश र जनताका महाकविको शतवाषिर्क समारोह मनाउनेक्रममा विभिन्न सङघ, संस्थाहरू आ-आप\mनो क्षमता र तरिकाअनुसार सक्रिय भइरहेका छन् । यस्तो अवस्थामा पनि देशको सि·ो कला, साहित्य, भाषा र संस्कृतिको उत्थान र जगेर्ना गर्ने उद्देश्यले गठित नेपाल प्रज्ञाप्रतिष्ठान पदाधिकारीविहीन अवस्थामा छ । सरकारी तवरमा गर्नुपर्ने कामहरू संस्कृति मन्त्रालय र प्रज्ञाप्रतिष्ठानमार्फत हुनुपर्ने हो । यो हुन नसक्नु राष्ट्रकै लागि ठूलो घाटा हो । सरकारले राष्ट्रका बौद्धिक सम्पत्तिलाई बेवास्ता मात्र गरेको छैन, यो त सरकारी अकर्मण्यता र लाचारीपन पनि हो ।

भनिन्छ, देवकोटाका अहिलेसम्म प्रकाशित कृतिहरूभन्दा अप्रकाशित पाण्डुलिपिहरू ज्यादा थिए । अपशोच Û ती कहाँ छन् ? कसको जिम्मामा छन् ? छन् कि छैनन् ? प्रकाशित गर्न लायकका छन् कि छैनन् ? अहिलेसम्म खोज अनुसन्धान नै गरिएको छैन । नेपाली साहित्यमा उपाधि दिने र लिने अपसंस्कृतिको विकास अघिदेखि नै भएको हो । राजाले मन पराएर 'ल तिमीलाई यो उपाधि' भनिदिँदा त्यस्तो उपाधिको पगरी गुथेकाहरूको हामी नाम लिँदै आइरहेका छौँ तर देवकोटालाई महाकविका रूपमा जनबोलीले दिएको र सर्वस्वीकार्य भएको उपाधि हो । नेपाली साहित्यका क्षेत्रमा कसैले मेट्न चाहेर पनि मेटिन सक्दैन महाकवि । मान्छेमा गुणैगुण मात्र हुँदैनन्, उसमा दोष पनि हुन्छन्, अबगुण पनि हुन्छन् । देवकोटा पनि त्यस्ता दोषहरू थिए । उनमा जिम्मेवारी बोध थिएन, उनमा समयको ख्याल थिएन, उनी सञ्चित गर्दैनथेलगायतका कुराहरू नजिकबाट चिन्नेजान्नेहरू भन्दछन् र लेखेका पनि छन् तर सबैभन्दा ठूलो गुण लेखन प्रतिभाले ढाकिदिएकाले अरू सबै कुराहरू आफैँ ओझेलमा परेको स्पष्ट हुन्छ ।

प्रस्तुत छ, यसै सन्दर्भमा देवकोटालाई अत्यन्त नजिकबाट चिनेका र अनुभव गरेका र 'महाकवि देवकोटा' कृति माथि मदन पुरस्कार प्राप्त व्यक्तित्व नित्यराज पाण्डे, देवकोटाबाट ज्यादै प्रभावित र सहयोगीसमेत बनेका हरि श्रेष्ठ र देवकोटाका कृतिहरूमाथि गहिरो अध्ययन गर्नुभएका समालोचक डा. चूडामणि 'बन्धु'सँग गरिएका कराकानी ः

à नेपाली साहित्यका क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

áनित्यराज पाण्डे लक्ष्मीप्रसाद देवकोटा यस धर्तीका एक अत्यन्त सुयोग्य व्यक्ति, राष्ट्रका ज्योति, दस वर्षको उमेरदेखि जीवनभर सिर्जनारत प्रतिभा हुन् । धेरै पटक, धेरै प्रकारका पदमा पनि पुगे तर कहिल्यै लिप्त भएनन् । मलाई सम्झना छ- वि.सं. २०१४ सालमा उनी मन्त्री हुँदा शुभकामना दिन गएको थिएँ । त्यतिबेला उनी सल्यानी राजाको घरमा बहालमा बसेका थिए । म जाँदा त्यहाँ २५/३० जना खाना खानलाई वरिपरि बसेका थिए । उनले मन्त्री भएर केही कमाएनन् बरु गुमाए । राष्ट्र र गरिबका लागि उनी धनमान थिए । बाँड्न मन लाग्छ हरर भनेर कवितै लेखेका छन् । रोगले ग्रस्त भइसक्दा पनि यातना र पीडा सहेर लेखिरहे । त्यस्तो व्यक्तिले मर्ने बेलामा पीडाले विष माग्नुपर्‍यो । उनी एक्ला विभूति हुन् ।

á हरि श्रेष्ठ- नेपाली साहित्यका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटाको अर्काे जोडा साहित्यकार अहिलेसम्म जन्मिएकै छैन । त्यस्तो व्यक्तित्वको के मूल्याङ्कन गर्नु । उनीसँग मेरो धेरै नजिकको सम्बन्ध थियो । उनमा कुनैखालको छलकपट र लोभलालच थिएन । एकदम सिधासाधा मान्छे हो । म जो पायो उहीसँग स·तै गर्दिन । मेरो जागिर भन्ने जीवनीपरक किताबको भूमिका लेख्न लगाएको थिएँ । लेख्दाको हाउभाउ हेर्दा लाग्थ्यो । भावहरू तँछाडमछाड गर्दै उर्लिएर आएका छन् र कलमले उतार्न भ्याइरहेको छैन । अत्यन्त बिरामी अवस्थामा पनि साथमा कोही थिएनन् । विद्यार्थीहरूले गोल्टेनबट्टा थापेर खर्च उठाएका थिए । त्यसरी उठाएको पैसा पनि चोरी भएको थियो । नर्सले चोरलाई देखेकी र देवकोटालाई भन्दा भैगो हुन्देउ, चिनेको मान्छे हो, आप\mनै हो भनेको कुरा नर्सले भनेकी थिइन् । देवकोटा जत्तिको सालिन र सिर्जनशील व्यक्तित्व भेट्टाउन मुस्किल छ ।

á डा. चूडामणि 'बन्धु'- देवकोटाको बारेमा लेख्दा मैले त उल्लेख गरेकै छु- नेपाली साहित्यकै सर्वोच्च शिखर व्यक्तित्व हुन् उनी, उनीविनाको नेपाली साहित्य कमजोर हुन्छ । उनी नेपाली साहित्यमा अहिलेसम्मकै सर्वश्रेष्ठ महापुरुष हुन् । उनले लिएको उच्चतामा अरूको दाँजो हुन सक्दैन । नेपाली साहित्यमा कविता, खण्डकाव्य र महाकाव्य -काव्यविधा)मा उच्चतम् अनि निबन्धका क्षेत्रमा त्यसपछि राख्नुपर्ने हुन्छ सिर्जनाका हिसाबले । अन्यमा पनि उत्तिकै सशक्त कृतिहरू छन् तर ज्यादा महìवपूर्ण यी हुन् ।

àव्यक्तिगत रूपमा देवकोटालाई तपाईं कस्तो खालको व्यक्तित्वको रूपमा चिन्नुहुन्छ ?

á नित्यराज पाण्डे- देवकोटा ज्यादै सिधासाधा हुन् । उनी छरछिमेकीको पनि ख्याल राख्थे भने आप\mनामा आएकालाई अत्यन्त सम्मान गर्दथे । उनी गेहेन्द्रदेव पाठकको बाबु मर्दा समवेदना प्रकट गर्न घरैमा गएका थिए तर आप\mनो कविता लेख्दाको धूनमा चाहिँ व्यस्त हुन्थे, कुनै क्ुराको वास्ता राख्दैनथे । उनी धोबीधाराको घरको छतमा रातभर चन्द्रमा हेरेर पनि बस्थे । उनको स्वभाव-विचार कविताहरूमा भित्रैबाट निस्किएको हो । गरिब, किसानजस्ता कवितामा र मुनामदनमा भनेका 'हातका मैला, सुनका थैला के गर्नु धनले' उनका भित्री हृदयका उद्गार हुन् । उनलाई बौलाह पनि भने, भारतको राँची पनि पुर्‍याए । राँचीमा डाक्टरले यो मान्छे बौलाहा होइन, यसको धून नै यस्तै हो भनेका थिए । त्यसपछि हो उनले पागल शीर्षकको कविता लेखेको । उनले आˆना हरेक काव्यमा समाजवाद र मानवतावाद छर्लङ्ग्याएका छन् ।

á हरि श्रेष्ठ- ज्यादै शिष्ट र सालिन व्यक्तित्वका धनी देवकोटा काव्यका खानी नै थिए । कसैलाई पनि नराम्रो र अपि्रय वचन नबोल्ने उनी आप\mनी श्रीमतीलाई बज्यै भन्थे । आर्थिक अवस्था कमजोर भएकाले जीविका चलाउन दुई भैँसी पनि पालेका थिए । देवकोटाका भैँसीको दूध सिद्धिचरणले पनि खाएका थिए । उनको मित्रता डा. मिलरसँग ज्यादै राम्रो थियो । आर्यघाटमा लैजानुअघिसम्म पनि डा. मिलरले उनलाई बचाउन रुसको मस्को अस्पताल लैजान चाहेका थिए तर बज्यैले स्वीकृति दिइनन् । तासकन्द सम्मेलनमा भाग लिएका बेला पनि केही समय बसेर उपचार गरेर फर्किन उनलाई धेरैले आग्रह गरेका थिए, त्यतिबेला पनि बज्यैकै कारण छिट्टै फर्किनु परेको थियो ।

á डा. चूडामणि 'बन्धु'- सशरीर चाहिँ मैले देवकोटालाई भेट्ने अवसर पाइँन । उनका कृतिहरूमार्फत मात्रै हो । उनका निकटतम व्यक्तिहरूबाट धेरै कुरा थाहा पाएँ । उनका कृतिहरू जस्ता छन्, व्यक्तित्व पनि त्यस्तै थियो । मैले आप\mना कृतिहरूमा देवकोटाका मानवतावादी विचारहरूलाई केलाएर नै महामानव भनेको हुँ । उनको अन्तर्मनबाट निस्किएका विचार हुन् उनका कृति ।

àजनबोलीले दिएको 'महाकवि'को उपाधिलाई राष्ट्रियस्तरबाटै प्रदान गरिए कसो होला ?

á नित्यराज पाण्डे- भारतीय प्रसिद्ध साहित्यकार राहुल सांकृत्यायनले देवकोटालाई उनी एक्लै तीन भारतीय कवि पन्त, प्रसाद, निराला हुन् भनेका छन् । उनी वि.सं. २०१० सालमा नेपाल आएका थिए । यस्तो व्यक्तिलाई सम्मान दिनु भनेको राष्ट्रकै सम्मान हो । मरणोपरान्त भनेर प्रदान गरिए हुने हो तर गरे पनि, नगरे पनि उनी महाकवि भइसके । महाकवि भनेर जनताले मानिसके । ल्हासामा समेत त्यत्रो सम्मानका साथ सालिक राखिसकियो ।

á हरि श्रेष्ठ- राष्ट्रियस्तरमा भए राम्रो हुन्थ्यो तर जनताले मानिसकेकोले अनुमोदन भइसकेको छ । जनबोलीले दिएको सम्मान झन् ठूलो सम्मान हो । उनलाई नभनेर अर्काे कसलाई महाकवि भन्ने ? उनी बिरामी भएको बेला कविशिरोमणि लेखनाथ पौड्याल धरधरी रुँदै ऊभन्दा म पहिले जानुपर्ने, उमेरले पनि योगदानले पनि उसले राष्ट्रका लागि अझै कतिकति गर्ने थियो भन्थे ।

á डा. चूडामणि बन्धु- नेपाली विद्वान्हरूमा ईश्वर वरालले पहिले भनेका हुन् । वि.सं. २००४ सालतिर आप\mनो लेखमा सबैभन्दा पहिले महाकविको उपाधि दिएर लेखेका थिए । राहुल सांकृत्यायनले पछि थपे । उनी जनस्तरबाटै 'महाकवि' भनेर उठेका हुन् । महाकाव्य लेखेर मात्र नभई नेपालीहरूले सबभन्दा बढी मन पराएर भनिएको हो । यो पदवी सर्वस्वीकृत भइसक्यो भने अब राष्ट्रले गरे पनि, नगरे पनि के फरक पर्छ र ।

àजीवनभर नपाएको सम्मान निधनपछि र त्यसमा पनि सय वर्षपछि यति भव्यरूपमा पाउनको कारण के हुनसक्छ ?

á नित्यराज पाण्डे- मान्छेले देवकोटाको भावना बुझ्दै आए । उनका यति कृति छन् भनेर अझै पनि भन्नै सकिन्न, जुनसुकै धारमा बगेका छन् । भारतमा पनि देवकोटा भनेपछि ज्यादै सम्मानले नाम लिन्छन् । नेपाली साहित्यका माध्यमबाट विश्वमा परिचित कुनै व्यक्ति छ भने त्यो एक मात्र व्यक्ति देवकोटा हुन् ।

á हरि श्रेष्ठ- हाम्रो देशै यस्तै छ । उतिबेला मान्छेले चिनेनन्, योगदान देखेनन् । समयले क्रमशः चिनाउँदै ल्यायो । त्यतिबेला पनि राजारानी र सरकारले समेत पटकपटक आर्थिक सहयोग गरेका छन् । पद प्रतिष्ठा भनेको पनि त्यतिको पाएकै हो । उनी गरिब पनि होइनन् । खै, किनकिन व्यवहारै नमिलेर त्यस्तो भएको हो । सम्मान गर्न लायक व्यक्तिको झन्झन् सम्मान बढ्दै जान्छ ।

á डा. चूडामणि 'बन्धु'- खास त मान्छेको जीवनमा उसले पाएको सबैभन्दा ठूलो सम्पत्ति भनेको भाषा हो । भाषामा पनि कविता सबैभन्दा राम्रो साहित्य हो । भाषाको महिमा, श्रेष्ठता, उच्चता, काव्य साहित्यबाट हुन्छ । अर्काे शब्दमा स्रष्टाबाट हुन्छ । राष्ट्रलाई सम्मान र उच्चता दिलाउने भनेको स्रष्टाले हो । हाम्रो भाषामा यस्ता स्रष्टा छन् भनेर गौरव गर्ने माध्यम पनि हो । सबै देशमा यस्ता स्रष्टाको वाषिर्की भव्यरूपमा मनाइन्छ । हाम्रो त अझै पुगेको छैन जस्तो लाग्छ । अन्य देशमा राष्ट्रका स्रष्टाहरूको शतवाषिर्की समारोह धूमधामका साथ मनाएको देखेको छु ।

àदेवकोटाका कृतिहरूको प्रकाशनबाट प्राप्त लेखकस्व

-रोयल्टी) उनका परिवारले उपभोग गर्दै आएको पचास वर्ष पुग्न लागेको छ । त्यस्तो रकम अब के गर्नु उपयुक्त ठान्नुहुन्छ ?

á नित्यराज पाण्डे- पैसाको मुख रातो भन्छन् । उनका परिवार छन्, पद्मप्रसाद देवकोटा विद्वान् छोरा छन् । उनले पनि देवकोटा अध्ययन प्रतिष्ठानमार्फत काम गरिरहेकै छन् । यसै गर्नुपर्छ भन्नुभन्दा पनि प्रकाशन संस्था, परिवार र नियम कानुनअनुसार गर्दा राम्रो हुन्छ । विवाद र झगडा राम्रो होइन ।

á हरि श्रेष्ठ- पैसाको कुरामा परिवारको विचारअनुसार गरिदिनु राम्रो हो । म त भन्छु पहिले पनि पारिवारिक वातावरण राम्रो नभएर नै देवकोटाको त्यो हालत भएको हो । देवकोटा जत्तिको कमाउन सक्ने अर्काे साहित्यिक व्यक्ति त्यतिबेला अर्काे कोही थिएन । वि.सं. २००७ साल अघिकै कुरा हो, साढे दुई वर्षमा असी हजार कमाएको तर उल्टै आठ हजार ऋण थपिएको उनी भन्थे । त्यतिबेलाको असी हजार भनेको मामुली पैसा होइन । बज्यैले राम्रोसँग घरव्यवहार चलाउन नजानेर हो । व्यक्तिगतरूपमा मैले पनि देवकोटालाई सहयोग गरेको हुँ र अझै धेरै सहयोग गर्न त चाहन्थेँ तर आफैँ उतिसारो सक्षम थिइँन । राजा, महाराजाका छोराछोरीलाई ट्युसन पढाउँथे, पदमा हुँदा तलब आउँथ्यो । रामै हो कमाई तर त्यस्तो व्यक्ति अभावै अभावमा रहेर मरेपछि पनि निवेदन लेखेर तीन सय रुपियाँ वी.पी. मार्फत मैले नै बज्यैलाई पुर्‍याइदिएँ । पछि फेरि सरकारले अरू खर्च दिएथ्यो ।

á डा. चूडामणि- 'बन्धु'- रोयल्टीको विषय कानुनी कुरा पनि हो ?

 

 

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px