मधुपर्क, २०६६ कात्तिक
 
महाकविका गणेशकवि भन्नुहुन्छ-
 

उमेरले पचासी वर्षमा हुनुहुन्छ वरिष्ठ साहित्यकार श्यामदास वैष्णव तर उहाँको सिर्जना र सक्रियताले त्यस्तो अनुभव गराउँदैन ।

वि.सं. १९८१ मा जन्मनुभएका वैष्णवको रचना सर्वप्रथम वि.सं. २००१ मा प्रकाशित भएको थियो । प्रकाशन वर्षलाई आधार भन्दा पनि साढे छ दशकको लामो साहित्यिक यात्रा गरिसक्नु भएको छ उहाँले । साहित्यका अतिरिक्त उहाँ रेडियो नेपालको कार्यक्रम सञ्चालक तथा गीत, रूपक र नाटक लेखकका रूपमा पनि प्रसिद्धि कायमै छ । सिर्जना र श्रवण विधाका अनुभवी वैष्णव रेडियोमा सफलतापूर्वक बोल्नलाई विषयवस्तुलाई आत्मसात् गरेर मनलाई स्वरमा प्रस्तुत गर्नुपर्ने बताउनुहुन्छ ।

सुन्दर अक्षर र सरल स्वभावका कारण उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठजस्ता साहित्यकारहरूको सहयोगी हुनुभयो । त्यसमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाका गणेश रूपमा चिनिनुहुन्छ श्यामदास वैष्णव ।

á तपाईंको सिर्जना यात्रा कहिले र कसरी प्रारम्भ भयो ?

- वि.सं. १९९५ मा कवि शिरोमणि लेखनाथ पौड्यालको कविताबाट प्रभावित भएपछि सिर्जनातर्फ आकषिर्त भएको हँु । मेरो प्रकाशन शारदा मासिक वि.सं. २००१ देखि सुरु भएको हो ।

á लेखनको कुनै उद्देश्य थियो कि ?

- खास कुनै उद्देश्य थिएन । रमाइलो लागेर लेख्न थालेको हुँ ।

á अहिलेसम्म के गरेँ भन्ने लाग्छ ?

-नयाँहरूलाई प्रोत्साहन गर्न र स्थापित लेखकहरूलाई सघाउन सकेँ । नेपाली साहित्यमा केही न केही गरेँ भन्ने लाग्छ तर आत्मसन्तोष भने पूरा भएको छैन ।

á वैष्णव किन राख्नु भएको ?

- वैष्णव भनेको विष्णुको उपासक हो । बाबुबाजे विष्णु मन्दिरका पुजारी थिए । बाजेहरूका थरको सट्टामा बैरागी लेख्थे । बाबुको पालादेखि वैरागीको सट्टामा वैष्णव राख्न थालेकोले मैले पनि राखेको हुँ ।

á महाकवि देवकोटासँग कहिले र कसरी भेट भयो ?

-वि.सं. १९९७ तिर डिल्लीबजार नाटक मण्डलीका केशवराज कणिर्कारले गाईजात्रामा नाटक देखाउन महाकविलाई लेखाउन लगाएका थिए ।

त्यही नाटक 'भरत मिलन' को ताकेता गर्न उहाँकहाँ पहिलो पटक गएको थिएँ ।

á कसरी नजिकिनु भयो त ?

- त्यही नाटक महाकविले मलाई सार्न लगाउनु भो । मेरो अक्षर देख्नासाथ उहाँले मैले खोजिरहेको मान्छेजस्तै रहेछौ भन्नुभयो त्यसपछि नजिकिएँ । मेरो अक्षरको कारण महाकविले आˆनो सहायक बनाउने गरी भाषानुवाद परिषद्मा मासिक पन्ध्र रुपियाँ तलब पाउने गरी जागिर खुवाउनु भएपछि झन् नजिकिएँ ।

á तपाईंंलाई गणेश कवि किन भनिएको हो ?

एक दिन परिषद्मा महाकाव्य लेखनको सम्बन्धमा पुष्करशमशेरसँग महाकवि निकै झोक्किनु भयो । धेरै बेरपछि पुष्करशमशेरले अप्रत्यक्षरूपमा माफी माग्नु भएपछि स्थिति सामान्य भयो । त्यसपछि महाकवि र म बाहिर जाँदै थियौँ । भित्र हुनुभएका इतिहास शिरोमणि बाबुराम आचार्य, पूर्णप्रसाद ब्राहृमण, बदरीनाथ भट्टराईहरूले महाकविलाई वेदव्यास र मलाई गणेश भनेर कुरा गरिरहनु भएको सुनियो ।

áतपाईंको लेखनमा महाकविको कत्तिको प्रभाव परेको छ ?

-महाकवि अलि जटिल लेख्नुहुने तर म सरल, सरस र मार्मिक पक्षमा लागेकोले उहाँको खासै प्रभाव ममा परेन तर उहाँको बौद्धिक प्रभाव त परेकै छ भन्छु ।

áमहाकविका कुनै अप्रकाशित रचना तपाईंसँग बाँकी छन् ?

-छैनन् । मसँग दुईवटा कृति थिए । जसमध्ये 'वन कुसुम' महाकाव्यको खेस्रा साझामा र महाकविले वि.सं. २००४ मा हिउँ परेको बेला रातभरमा लेख्नुभएको 'तुषार वर्णन' सांस्कृतिक सङ्घलाई प्रकाशनार्थ दिएको थिएँ ।

áमहाकविको कविता छपाएर कवि बन्नेहरू पनि छन् भनिन्छ नि ?

-मलाई त्यस्तो लाग्दैन । महाकविका कविता जसको नामबाट छपाए पनि उहाँको शैलीबाट थाहा पाइहालिन्छ नि ।

á'मुनामदन' बाहेक सबै जलाइदिनु किन भन्नुभएको हो ?

-यो भनिएको नै होइन । यो संवेदनात्मक गफ मात्र हो । 'मुनामदन' को सर्वाधिकारसहित नेपाली भाषा प्रकाशिनी समितिलाई असी रुपियाँमा बेच्नुभएको थियो । साझामा क्षेत्रप्रतापजी अध्यक्ष हुनुभएपछि मुनामदनको प्रकाशनैपिच्छे लेखकस्व दिने व्यवस्था गर्नुभएको चाहिँ सत्य हो ।

áदेवकोटाले महाकविको उपाधि कसरी पाउनुभएको थियो ?

-त्यतिबेलाको आधिकारिक संस्था भाषानुवाद परिषद् र नेपाली भाषा प्रकाशिनी समितिले 'शाकुन्तल' महाकाव्य पहिलोपटक प्रकाशित गरेपछि विद्वान् बदरीनाथ भट्टराईले आदरपूर्वक महाकवि भन्नुभएको थियो । त्यसपछि स्वतः महाकवि हुनुभयो ।

áमहाकविले आˆनो नामको अगाडि 'महाकवि' लेख्नु हुन्थ्यो ?

-उहाँले कहिलै पनि महाकवि लेख्नु भएन ।

áलेखनको सुरुवात कसरी गर्नुहुन्थ्यो ?

- उहाँ लेख्नुअघि कपीमा टाउकोमा कलमै नउठाई पञ्चकोण बनाउनु हुन्थ्यो । त्यसलाई सरस्वतीको आराधना गरेको भन्नुहुन्थ्यो । लेख्नुअघि दायाँबायाँतिर हेर्नुहुन्थ्यो र घोप्टो परेर लेख्न थालेपछि लेख्यालेख्यै । कहिलेकाहीँ लेख्दालेख्दै छन्दमा गुनगुनाउनु हुन्थ्यो ।

áप्रायः लेख्ने काम कहाँ गर्नु हुन्थ्यो ?

-उहाँ अफिसमा त्यति बस्नु हुन्थेन । हाजिर भएर केही कुराकानी गरेर घरमै गएर लेख्नु हुन्थ्यो ।

áमहाकविले कुनै पुरस्कार, सम्मान पाउनु भएको थियो ?

-'शाकुन्तल' महाकाव्य घरमै बसेर अतिरिक्त समयमा लेख्ने काम गरेको भनेर महाकविको छोरीको विवाहमा रू. ५००।- विशेष मेहनतबापत पाउनुभएको थियो ।

áकस्ता पुस्तक पढ्न रुचाउनु हुन्थ्यो ?

-कहिलेकाहीँ अङ्ग्रेजीका पुस्तक पढेको देख्थेँ । उहाँको लेख्ने र पढाउनेजस्तै अद्वितीय क्षमता पढ्नेमा पनि थियो । कुनै पनि पुस्तक सरर पल्टाएर सुरुमा, बीचमा र अन्त्यमा पढ्नु भएपछि के सोध्नुपर्छ सोध भन्ने गर्नुहुन्थ्यो ।

áलुगाफाटोमा कत्तिको ध्यान दिनु हुन्थ्यो ?

-लुगामा पूरै बेवास्ता गर्नुहुन्थ्यो । न लुगामा इस्त्री हुन्थ्यो, न जुत्तामा पालिस नै ।

áखानामा विशेष स्वाद थियो कि ?

-खसीको टाउकोको रस र मासु खान असाध्य मन पराउनु हुन्थ्यो ।

áपूजा गर्ने, मन्दिर जाने पनि गर्नु हुन्थ्यो ?

- कहिलै देखिनँ । सामाजिक चाडपर्वमा टीकोटालो भने गर्नुहुन्थ्यो ।

á कस्तो समयमा दुःखी हुनुहुन्थ्यो ?

-दुःख जति कलममै पोख्ने भएकोले शब्दले दुःख प्रकट गर्नुहुन्थेन ।

á कुनै गुनासो गर्नु हुन्थ्यो ?

-मैले लेखेको सबैले तारिफ गर्छन् तर शङ्करदेव पन्तले कहिल्यै श्रेय दिएन भनेर एकपटक मसँग गुनासो गर्नुभएको थियो ।

áजुवा, तास खेल्नु हुन्थ्यो ?

कहिलेकहीँ दाजुभाइसँग पासा खेल्नुहुन्थ्यो । उहाँ कहिलै जित्नु हुन्थेन । एकपटक त उहाँले फाउण्टेन पेन पनि पासामा थाप्नु भयो र हार्नुभयो । त्यो कुरा मैले परिषद्मा भन्दिएँ । पछि उहाँले मलाई हप्काउनु भएको थियो ।

áकस्ता विद्यार्थीहरू ट्युसन पढ्न आउँथे ?

-राणाजी र सम्पन्न व्यापारीका छोराहरू आउँथे । ट्युसन फी. रू. १००।- थियो तर चार जनाको समूहमा पढेर रु २५ ।-का दरले पनि दिन्थे ।

áउहाँको कविता वाचन कला कस्तो थियो ?

-कविता पढ्दा कहिले बनावटी स्वर निकाल्नु हुन्थ्यो तर धेरै जसो नाके स्वर आउँथ्यो उहाँको ।

á महाकविका कुनै रचनाको सस्वर अभिलेख छ ?

-मृत्यु शय्यामा केदारमान व्यथितले देवकोटाको वेदना रेकर्ड गर्नुभएको थियो । त्यो थाहा पाएपछि माधव घिमिरेले पनि भोलिपल्ट देवकोटाका भनाइहरू रेकर्ड गर्नुभएको थियो ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px