मुना २०६६ असोज
 
महाकवि लक्ष्मीप्रसाद देवकोटा
गोपाल पराजुली
 

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?

आफू मिटाई अरूलाई दिनु जहाँ छ ।

यो माथिको कविताका लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । उनको जन्मं १९६६ साल कात्तिक २७ गते काठमाडौंको डिल्लीबजार धोबीधाराटोलमा भएको हो । उनका बाबुको नाउँ तिलमाधव देवकोटा हो र आमाको नाउँ अमरराज्यलक्ष्मीदेवी हो । लक्ष्मीप्रसादको न्वारनको नाउँचाहिँ तीर्थमाधव देवकोटा हो तर लक्ष्मीपूजाको राति जन्मेका हुँदा उनको नाउँ लक्ष्मीप्रसाद रहन गएको हो । लक्ष्मीप्रसाद उनका आमाबाबुका साहिँलो छोरा हुन् । त्यसैले उनका छिमेकीहरूले उनलाई साहिँला बाजे पनि भन्ने गर्दथे ।

लक्ष्मीप्रसाद देवकोटा चार वर्षको हुँदाको एउटा रमाइलो कथा छ । उनलाई रगतमासी पर्ने आउँ रोग लाग्यो । उनी निकै थला परेर उठ्नै नसक्ने भए । त्यसबेला सबैले बाँच्ने आशा मारेका थिए । धेरैथरी औषधि उपचार गरे । केही लागेन । आखिरमा एकदिन एकजना तान्त्रिक आएर उनलाई 'जङ्गीसेल' खुवाउने सल्लाह दिए । त्यही 'जङ्गीसेल' खुवाएपछि उनको रोग बिसेक हुँदै गयो । त्यसैले उनको घरपरिवारमा आजसम्म पनि जङ्गीसेलको कथा निकै प्रसिद्ध छ ।

लक्ष्मीप्रसाद पाँच वर्षका भएपछि उनका बाबुले अक्षर चिनाउन सुरु गरेका हुन् । लक्ष्मीप्रसाद सानैदेखि गम्भीर स्वभावका थिए । पढ्नमा निकै चाख लिन्थे । उनी परिश्रमी थिए । बाबुले पढाएका कुरा राम्रोसँग पढ्थे । उनी सानैमा संस्कृत र नेपाली भाषाका साथै अङ्ग्रेजी भाषा पनि मन लगाएर पढ्ने गर्थें । उनी खेलकुदमा उति रुचि राख्तैनथे । त्यसबेला उनलाई देख्नेहरू भन्ने गर्दथे - 'हुने बिरुवाको चिल्लो पात' । यसरी लक्ष्मीप्रसादको बाल्यकाल अगाडि बढिरहेको थियो ।

जब लक्ष्मीप्रसाद देवकोटा ११ वर्षका

भए, तब उनका बाबुले दरबार स्कुलमा लगेर पाँच कक्षामा भर्ना गरिदिए । अब उनी त्यस स्कुलमा बडो तेजीका साथ पढ्न थाले । उनले पढ्नुका साथै कविताहरू पनि लेख्न थालिसकेका थिए । उनले दश वर्षको उमेरमा लेखेको कविता यस्तो छ -

घनघोर दुःखसागर संसार जान भइ

नगरे घमण्ड कहिले मर्नुछ हामीलाई ।

लक्ष्मीप्रसादले १९८२ सालमा भारतको पटनाबाट म्याटि्रक परीक्षा प्रथम श्रेणीमा पास गरे । त्यसपछि त्रिचन्द्र कलेजबाट १९८५ सालमा आई.एस्सी. द्वितीय श्रेणीमा पास गरे । उनले विज्ञान पढ्न छाडेर क्रमश बी.ए. र बी.एल. पास गरे । उनको रुचि अङ्ग्रेजी साहित्यमा एम.ए. गर्ने थियो । त्यसैले बडो मिहिनेत गरी अङ्ग्रेजी साहित्य पढ्न थालेका थिए तर घरको आर्थिक अवस्थाले गर्दा पास चाहिँ गर्न पाएनन् । तैपनि उनले अङ्ग्रेजी साहित्यको धेरै अध्ययन गरे ।

लक्ष्मीप्रसादले भाषानुवाद परिषद्मा जागिर खाए । त्यहाँ बसेर उनले धरै पुस्तकहरू लेखे । त्रिचन्द्र कलेजमा प्राध्यापक भएर पढाउने काम गरे । उनले घरमा विद्यार्थीहरूलाई ट्युसन पढाउने कामसमेत गरेका थिए । उनले आनो जीवनलाई सधैँ व्यस्त राखेका थिए । उनले बालबालिकाहरूका लागि पनि राम्रा-राम्रा कविताहरू लेखेका छन् । उनले लेखेका कविताहरूमध्ये यस्तो छ -

नटिप्नु हेर कोपिला

नचुँड्नु पाप लाग्दछ

नच्यात्नु फूल नानी हो

दया र धर्म भाग्दछ ।

लक्ष्मीप्रसाद देवकोटा बहुमुखी प्रतिभाशाली कवि थिए । उनको प्रतिभाको बयान गर्न गाह्रो छ । उनले आनो सम्पूर्ण जीवन साहित्यमा अर्पेर धेरै किताबहरू लेखे । उनले लेखेका मुख्य-मुख्य किताबहरू यसप्रकारका छन् ः-

खण्डकाव्य ः मुनामदन, कुञ्जिनी, सीताहरण, म्हेन्दू, वसन्ती, लुनी, राजकुमार प्रभाकर, रावण-जटायुद्ध,

कविता ः नवरस, मनोरञ्जन, भिखारी, पुतली, छहरा, चिल्ला पातहरू, सुनको बिहान, पहाडी पुकार ।

महाकाव्य ः शाकुन्तल, सुलोचना, वनकुसुम, पृथ्वीराज चौहान ।

नाटक ः सावित्री-सत्यवान्, कृषिबाला ।

निबन्ध ः लक्ष्मी निबन्धसङ्ग्रह आदि ।

यसरी अनेकौँ लेख-रचना लेखी उनले नपाली साहित्यको भण्डार भरिदिए । ठूलो काव्यग्रन्थ सबैभन्दा पहिले लेखेकाले उनलाई महाकवि भन्ने उपाधि दिइयो । लक्ष्मीप्रसादलाई कसैले दयाले दिएको होइन । ठूलो प्रतिभा भएकै कारण नेपाली जनताले दिएको महाकवि उपाधि हो । उनको कलम असाध्यै छिटो चल्थ्यो । साँच्चै भन्ने हो भने उनी नेपालीका वेदव्यास नै थिए ।

लक्ष्मीप्रसाद सरस्वतीका पुत्र थिए । लक्ष्मीले उनलाई कहिल्यै देखिसहिनन् । गरिबीले उनलाई सधैँ पिरोलिरहन्थ्यो । उनी चुरोट निकै खान्थे । यसैले गर्दा उनलाई रोग लाग्यो ।

वि.सं. २००४ मा कविजी भारततफै लागे । त्यहाँ उनले 'युगवाणी' पत्रिकको सम्पादक भएर काम गरे । नेपाली कविताका माध्यमबाट उनले जनतामा जागृति र चतना जगाउने काम गरे ।

वि.सं. २०१४ सालमा लक्ष्मीप्रसाद शिक्षामन्त्री भए । उनको स्वभाव जस्ताको तस्तै रहृयो । उनको आर्थिक अवस्था सुध्रन सकेन । मन्त्रीबाट छुटेपछि उनी रोयल नेपाल एकेडेमी -हाल नेपाल प्रज्ञाप्रतिष्ठान) का सदस्य बने ।

आखिर मानिसले जन्मेपछि मर्नुपर्छ । काल टार्न कसैले सक्तैन । यस्ता नेपाली साहित्यका कर्मठ व्यक्तिलाई क्यान्सरजस्तो ठूलो रोगले आक्रमण गर्‍यो । धेरै उपाय गरियो । नेपाल मात्र होइन, विदेश लगेर पनि औषधि-उपचार गरियो तर केही लागेन । २०१६ साल भदौ २९ गते उनको मृत्यु भयो । उनको मृत्युले सबै शोकमग्न भए ।

उनले मर्ने बेलामा "म मरेपछि 'मुनामदन' बाहेक सबै पुस्तकहरू जलाइदिनू" भने । यस्तै गरी "म शून्यमा शून्यसरि बिलाएँ" भनी महाकविले अन्त्य अवस्थामा भगवान्को अस्तित्वलाई स्वीकार गरे ।

उनको मृत्युपछि २०२३ सालमा त्यति बेलाको राजकीय पज्ञाप्रतिष्ठानले आजीवन युगान्तरकारी साहित्यसेवा गरी नेपाली साहित्यलाई समृद्ध तुल्याउन गरेको योगदानवापत् त्रिभुवन प्रज्ञापुरस्कार दिएर उनको प्रतिभालाई सम्मानित गर्‍यो । नेपाली जनमानसमा 'मुनामदन' जस्तै प्यारो भएर युगयुगसम्म लक्ष्मीप्रसाद बाँचिरहनेछन् ।

 
अन्य शीर्षक
मुना २०६६ असोज
हामी पनि सक्छौं
फुर्तिली नवीना
कस्तो फुरु फुरु परेको छ
फुच्चे रोबोट
लोभ लाभ विलाप
शीर्षक के हो ?
दहभित्र
सुन्दरीजल जाऔँ
देशप्रेम
चरी
बाँदरजस्तो नबन्नू
मुना पढेपछि
रमाइलो गरौं
गाउँ खाने कथा
भाइबहिनीको प्रश्नः डाक्टरको जवाफ
फूलबारी
गिनिज बुकमा रोहित
सामान्यज्ञान प्रतियोगिता
महाकवि लक्ष्मीप्रसाद देवकोटा
त्यसबेलाको फोटाग्राफी र फोटोग्राफरहरु
चङ्गाबारे रमाइला कुरा

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px