युवामञ्च माघ, २०६७
 
यहाँ अफ्रीका पनि छ, स्वीजरल्यान्ड पनि
कर्ण शाक्य
 

पर्यटन व्यवसायीका साथै नेपाल भ्रमण वर्ष सन् १९९८ का संयोजक कर्ण शाक्य एक आशावादी व्यक्ति हुनुहुन्छ । सधैँ सकारात्मक सोध राखेर काम गर्ने शाक्य नेपालको पर्यटनको विकाससम्वन्धमा भिन्न धारणा राख्नु हुन्छ । उहाँका अनुसार नेपालको पर्यटन प्रवर्द्धनको आधार भनेको यहाँका प्राकृतिक तथा सांस्कृतिक विविधता हो । सस्तो मनोरञ्जनलाई देखाएर पर्यटन आकर्षण गर्ने कुराको कट्टर प्रतिवादी उहाँ सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०११ सफल हुने विश्वास व्यक्त गर्नुहुन्छ । प्रस्तुत छ उहाँसँग सीताराम विलासीले गर्नुभएको कुराकानीको सार ः

तपाईंको विचारमा पर्यटन के हो ?

धरैले पर्यटन बुझेको छैन । पर्यटन भनेको विज्ञान हो । अन्तर्राष्ट्रिय चलखलको विज्ञान हो यो । पर्यटन भनेको भोलिको व्यापार पनि हो । पर्यटन एउटा त्यस्तो बहुपक्षीय विकास हो, जसलाई विकास गर्दा समग्र जनताले फाइदा लिन सक्छ । पर्यटनको महìवपूर्ण पक्ष भनेको क्रियाशीलता हो । पर्यटन प्रवर्द्धन अभियानलाई पर्यटकको टाउको गनेर सफलता वा असफलता भन्ने होइन । पर्यटनको नाममा सांस्कृतिक पुनर्जागरण भयो, जनताको जीवनस्तरमा परिवर्तन भयो भने त्यो विकास हो । पर्यटनको आकारहीन आकार त्यसलाई भावमा बुझ्नुपर्छ ।

पर्यटक किन आउँछन् नेपाल ?

पहिलो हिमाल हेर्न, दोस्रो मानिसको हँसिलो अनुहार हेर्न । हाम्रो जादु नै हँसिलो अनुहार हो । हाम्रो पर्यटन प्रवर्द्धनको प्रमुख आधार यहाँको सांस्कृतिक तथा प्राकृतिक विविधता हो । क्यासिनो र सेक्सले पर्यटन गर्ने भन्ने कुराको म विरोधी हुँ । सांस्कृतिक र प्राकृतिकले भरिपूर्ण देशमा यस्ता कृत्रिम चिज चाहिँदैन । हाम्रो देशमा अपि|mका पनि छ र स्वीजरल्यान्ड पनि । यसैबाट हाम्रा हिमाल भनेका कल्पनाको गन्तव्य हुन, यसलाई बिगार्नु हुँदैन । कसैले नचढेको हिमाल पाँच हजार रुपियाँका लागि चढाउँदा त्यसको आकर्षण रहँदैन । डोल्पाको प्राकृतिक सुन्दरतालाई ध्वस्त पारेर पर्यटन प्रवर्द्धन हुन्छ भन्ने कुरामा मेरो सहमति छैन । पर्यटकलाई जहाँपनि घुसाउने होइन, 'कन्ट्रोल वे'मा लानुपर्छ ।

पर्यटन वर्ष सन् २०११ को तयारीलाई कसरी हेर्नुभएको छ ?

तयारी राम्रो लागेको छ । आशावादी छु । नेपाल पर्यटन बोर्डमा प्रशस्त विज्ञ र अनुभवी मानिस छन् । मन्त्री, सचिव पनि धेरै बुझेको हुनुहुन्छ । दलका नेताहरूबाट पनि यसलाई सफल बनाउने प्रतिवद्धता आएको छ । त्यसले सफल हुन्छ । शङ्का गर्नुपर्ने ठाउँ छैन । यसलाई जसरी पनि सफल बनाउनु पर्छ । पर्यटन वर्षले थुप्रै पूर्वाधारको विकास गर्दछ, वहुआयामिक आधार तयार गर्छ । पर्यटकको नामबाट नागरिकलाई सेवा दिने यसबाट सक्छौं ।

प्रचारप्रसार ठीक छ ?

राम्रो छ । नेपालबाट फर्केका पर्यटकलाई प|mेन्ड अफ नेपाल बन्न अनुरोध गर्ने, राजदूत बनाउने काम गर्नुपर्छ । त्यसले प्रचारप्रसारमा बल पुग्छ । सरकारले पनि ग्रीन कार्ड दिएपछि बाँस तेस्र्याएर पैसा लिनु भएन । सरकारले कार्यक्रमको एउटा क्यालेन्डर नै बनाउनु पर्‍यो । नेपालमा ३६५ दिन नै फेस्टिवल हुन्छ भन्ने प्रचार हुनुपर्‍यो ।

पर्यटन वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका कस्तो छ ?

यो राष्ट्रिय अभियानमा राज्य, निजी क्षेत्र र जनताको त्रिकोणात्मक सहयोग र सहभागी हुनुपर्छ । निजी क्षेत्रबाट पनि धेरै काम गरेको छ । देशका चाड जस्तै यसलाई राष्ट्रिय चाडको रूपमा मनाउनु निजी क्षेत्रले होटल, ट्राभल, सेवाका क्षेत्रमा ठूलो लगानी गरेकेा छ ।

भ्रमण वर्ष १९९८ र पर्यटन वर्ष २०११ मा के कुरा फरक छन् ?

त्यसबेला अस्थिर थियो मुलुकको अवस्था । निजी र सार्वजनिक क्षेत्र बलियो थिएन । अन्यौलताको उपज थियो भ्रमण वर्ष । पर्याप्त बजेट पनि थिएन । पहिला त यस किसिमको महìवाकाङ्क्षी योजना सफल हुने कुरामा नै शङ्का लागेको थियो तर मैले पैसा भन्दा पनि सोच र प्रतिवद्धताको खाँचो महसुस गराएँ । भ्रमण वर्षको लोगो हामी आफैँ टाँस्दै हिँड्यौं । स्थानीय युवादेखि क्लबलाई परिचालन गरेर कार्यक्रम गर्न उत्प्रेरित गर्‍यौँ । पछि सुरु हुँदा त लहरै आयो । खल्तिमा पैसा नभए पनि रमाइलो गर्ने नेपालीको एउटा बानी के पनि छ, त्यस प्रवृत्तिले भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्‍यो । त्यसले बाहृय साथै आन्तरिक पर्यटनलाई पनि बढावा दियो । हराएका चाडपर्व पुनर्जीवित भए । महोत्सव, मेलामार्फत सांस्कृतिक जागरण ल्याएको थियो भ्रमण वर्षले । समस्या सीमित बजेट थियो । सीमित बजेटबाट नै कार्यक्रमका बारेमा प्रचारप्रसार र डिस्काउन्टको व्यवस्था मिलायौं ।

लक्ष्य अनुसार पर्यटक भित्राउन सक्छौं त ?

सकिन्छ । अहिले मौसमी पर्यटक मात्र आउँछन् । अब वर्षभरि पर्यटक भित्र्याउने उपाय खोज्नु पर्‍यो । नेपालमा सधैँ पर्यटक ल्याउन सकिन्छ । वषर्ात्को समयमा हिमाल खुल्ला हुने भएकोले हिमालका पारखी र फोटोग्राफरलाई ल्याउन सकिन्छ । क्षेत्रीय र मौसमी विविधताका आधारमा पर्यटक भित्राउने उपाय खोज्नुपर्छ । फेरि १० लाख नआउँदैमा कार्यक्रम सफल भइन भन्ने चिन्ता पनि लिनु हुँदैन । थपघट हुनसक्छ । हामीले पर्यटनको माध्यमबाट उपलब्धिको मूल्याङ्कन गर्नुपर्छ ।

पर्यटन प्रवर्द्धनका लागि सुधार गर्नुपर्ने पक्ष के के देख्नु भएको छ ?

अन्तर्राष्ट्रिय विमानस्थलको पनि सुधार हुनुपर्‍यो । विमानस्थल साघुरो छ । साघुरो भए पनि त्यसको व्यवस्थापन राम्रो हुनुपर्‍यो । आधार घण्टामा क्लियरेन्स हुनुपर्‍यो । निजी विमानसमेत समयमा उड्दैनन् । त्यसमा सुधार हुनुपर्‍यो । हामीहरूमा कर्तव्यको कमि भयो, भाषणबाजी धरै भयो । ५५ प्रतिशत प्राकृतिक क्षेत्रको अध्ययन हुन सकेको छैन । त्यस्ता क्षेत्रको अध्ययन गरी पर्यटकीय गन्तव्यहरूको पहिचान हुनुपर्‍यो । अर्को कुरा बन्द नहुने प्रतिवद्धता सुनिश्चित हुनुपर्‍यो । सुरक्षा र सहि व्यवस्थापन राम्रो हुनुपर्‍यो । संसारभर म्यासेज दिने, तर व्यवस्थापन ठीकभएन भने के गर्ने ? पर्यटकका लागि प्याकेजको बारेमा अहिले नै सोच्नु पर्‍यो ।

पर्यटन क्षेत्रमा युवाहरूलाई आकषिर्त गर्न के गर्नुपर्ला जस्तो लाग्छ तपाईंलाई ?

यो महìवपूर्ण प्रश्न हो । अहिले अधिकांश शिक्षित युवा पलायन भएको अवस्था छ । युवामा जोश जाँगर छ । कोही युवाले चुनौती लिएर काम गरिरहेको छ भने उसको उत्साह र जागरलाई प्रोत्साहन दिनु पर्छ । सकिएन भने त्यो सम्पत्ति पलायन भएर जान्छ । युवालाई प्रोत्साहित गर्न सकिए नेपालको पर्यटन उद्योगको विकासमा निकै धेरै परिवर्तन ल्याउन सकिन्छ । á

 
अन्य शीर्षक
युवामञ्च माघ, २०६७
सप्र व्याड-ब्वाइहरू !
विचार-मञ्च
समृद्धिका लागि पर्यटन नारामा मात्र सीमित नहोस्
विश्वसम्पदा क्षेत्रको अवलोकन
नेपाल भ्रमण वर्षका लागि पर्याप्त हवाई सेवा
नेपालको विमानस्थल सुविधा सुधार अत्यावश्यक
विदेशी पर्यटकको ठम्याइ सौन्दर्य राम्रोः पूर्वाधार नराम्रो
बाल्यावस्था एक आध्यात्मिक दर्शन
सबै बलियाकै पछि किन लाग्छन् ? 
साइतै हेर्न नपर्ने अवसर
'जेल ब्रेक'की नायिका उमा भुजेल
पुस्तकमा प्रतिविम्बित एक निर्भीक लोकतान्त्रिक योद्धा
कति आवश्यक छ साइबर कानुन ?
किन हुन्छ कुष्ठरोग ?
स्वणिर्म भविष्यका लागि क्यारिअर प्लानिङ जरुरी
परिकार विदेशी : रेस्टुरेन्ट स्वदेशी
सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन
सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन
उषाबारे श्रीमान् डीबी शेरचन
टिपन-टापन
युवा गोलेको वयस्क सिर्जना
लगन जुरेन !
जाडो मन पर्दैन हिरोइनलाई
पशुपतिनाथको आरती
उज्यालोको बाटोमा कागती गाउँ
साहित्य वाटिका गजल
माछाहरुको संसार कतिबिचित्र त्रिचन्द्र प्रतिक्षा
पुस्तक समीक्षा नेपाली राजनीति परिवर्तनको बाटोमा
सन् २०१० मा चिकित्सा उपलब्धि
जन्ममा नयाँ क्रान्ति
एक पिक्सलको क्यामरा
चुनौतीपूर्ण वर्ष बन्यो २०१०
सन् २०१० का केही महत्वपूर्ण घटना
सन् २०१० मा अन्तर्राष्ट्रिय खेलकुद र मुख्य नेपाली खेल प्रसङ्ग
भारतीय उद्यमीमा तनाव बढ्दो
लोकतन्त्रको वरीयता क्रममा नेपाल भूटानभन्दा तल
टाइमको 'रोङ पर्सन अफ द इअर'
यहाँ अफ्रीका पनि छ, स्वीजरल्यान्ड पनि
माघी र यसको महत्व
सयकाट्दा पनि १६ वर्षे बैश
पर्यटन प्रवर्द्धनमा सरकारी संयन्त्रले ध्यान दिनुपर्छ
पर्यटन प्रवर्द्धनमा सरकारी संयन्त्रले ध्यान दिनुपर्छ
मैले माया गरेको कसैले देख्दैन : मातृका यादव

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px