पर्यटन व्यवसायीका साथै नेपाल भ्रमण वर्ष सन् १९९८ का संयोजक कर्ण शाक्य एक आशावादी व्यक्ति हुनुहुन्छ । सधैँ सकारात्मक सोध राखेर काम गर्ने शाक्य नेपालको पर्यटनको विकाससम्वन्धमा भिन्न धारणा राख्नु हुन्छ । उहाँका अनुसार नेपालको पर्यटन प्रवर्द्धनको आधार भनेको यहाँका प्राकृतिक तथा सांस्कृतिक विविधता हो । सस्तो मनोरञ्जनलाई देखाएर पर्यटन आकर्षण गर्ने कुराको कट्टर प्रतिवादी उहाँ सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०११ सफल हुने विश्वास व्यक्त गर्नुहुन्छ । प्रस्तुत छ उहाँसँग सीताराम विलासीले गर्नुभएको कुराकानीको सार ः
तपाईंको विचारमा पर्यटन के हो ?
धरैले पर्यटन बुझेको छैन । पर्यटन भनेको विज्ञान हो । अन्तर्राष्ट्रिय चलखलको विज्ञान हो यो । पर्यटन भनेको भोलिको व्यापार पनि हो । पर्यटन एउटा त्यस्तो बहुपक्षीय विकास हो, जसलाई विकास गर्दा समग्र जनताले फाइदा लिन सक्छ । पर्यटनको महìवपूर्ण पक्ष भनेको क्रियाशीलता हो । पर्यटन प्रवर्द्धन अभियानलाई पर्यटकको टाउको गनेर सफलता वा असफलता भन्ने होइन । पर्यटनको नाममा सांस्कृतिक पुनर्जागरण भयो, जनताको जीवनस्तरमा परिवर्तन भयो भने त्यो विकास हो । पर्यटनको आकारहीन आकार त्यसलाई भावमा बुझ्नुपर्छ ।
पर्यटक किन आउँछन् नेपाल ?
पहिलो हिमाल हेर्न, दोस्रो मानिसको हँसिलो अनुहार हेर्न । हाम्रो जादु नै हँसिलो अनुहार हो । हाम्रो पर्यटन प्रवर्द्धनको प्रमुख आधार यहाँको सांस्कृतिक तथा प्राकृतिक विविधता हो । क्यासिनो र सेक्सले पर्यटन गर्ने भन्ने कुराको म विरोधी हुँ । सांस्कृतिक र प्राकृतिकले भरिपूर्ण देशमा यस्ता कृत्रिम चिज चाहिँदैन । हाम्रो देशमा अपि|mका पनि छ र स्वीजरल्यान्ड पनि । यसैबाट हाम्रा हिमाल भनेका कल्पनाको गन्तव्य हुन, यसलाई बिगार्नु हुँदैन । कसैले नचढेको हिमाल पाँच हजार रुपियाँका लागि चढाउँदा त्यसको आकर्षण रहँदैन । डोल्पाको प्राकृतिक सुन्दरतालाई ध्वस्त पारेर पर्यटन प्रवर्द्धन हुन्छ भन्ने कुरामा मेरो सहमति छैन । पर्यटकलाई जहाँपनि घुसाउने होइन, 'कन्ट्रोल वे'मा लानुपर्छ ।
पर्यटन वर्ष सन् २०११ को तयारीलाई कसरी हेर्नुभएको छ ?
तयारी राम्रो लागेको छ । आशावादी छु । नेपाल पर्यटन बोर्डमा प्रशस्त विज्ञ र अनुभवी मानिस छन् । मन्त्री, सचिव पनि धेरै बुझेको हुनुहुन्छ । दलका नेताहरूबाट पनि यसलाई सफल बनाउने प्रतिवद्धता आएको छ । त्यसले सफल हुन्छ । शङ्का गर्नुपर्ने ठाउँ छैन । यसलाई जसरी पनि सफल बनाउनु पर्छ । पर्यटन वर्षले थुप्रै पूर्वाधारको विकास गर्दछ, वहुआयामिक आधार तयार गर्छ । पर्यटकको नामबाट नागरिकलाई सेवा दिने यसबाट सक्छौं ।
प्रचारप्रसार ठीक छ ?
राम्रो छ । नेपालबाट फर्केका पर्यटकलाई प|mेन्ड अफ नेपाल बन्न अनुरोध गर्ने, राजदूत बनाउने काम गर्नुपर्छ । त्यसले प्रचारप्रसारमा बल पुग्छ । सरकारले पनि ग्रीन कार्ड दिएपछि बाँस तेस्र्याएर पैसा लिनु भएन । सरकारले कार्यक्रमको एउटा क्यालेन्डर नै बनाउनु पर्यो । नेपालमा ३६५ दिन नै फेस्टिवल हुन्छ भन्ने प्रचार हुनुपर्यो ।
पर्यटन वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका कस्तो छ ?
यो राष्ट्रिय अभियानमा राज्य, निजी क्षेत्र र जनताको त्रिकोणात्मक सहयोग र सहभागी हुनुपर्छ । निजी क्षेत्रबाट पनि धेरै काम गरेको छ । देशका चाड जस्तै यसलाई राष्ट्रिय चाडको रूपमा मनाउनु निजी क्षेत्रले होटल, ट्राभल, सेवाका क्षेत्रमा ठूलो लगानी गरेकेा छ ।
भ्रमण वर्ष १९९८ र पर्यटन वर्ष २०११ मा के कुरा फरक छन् ?
त्यसबेला अस्थिर थियो मुलुकको अवस्था । निजी र सार्वजनिक क्षेत्र बलियो थिएन । अन्यौलताको उपज थियो भ्रमण वर्ष । पर्याप्त बजेट पनि थिएन । पहिला त यस किसिमको महìवाकाङ्क्षी योजना सफल हुने कुरामा नै शङ्का लागेको थियो तर मैले पैसा भन्दा पनि सोच र प्रतिवद्धताको खाँचो महसुस गराएँ । भ्रमण वर्षको लोगो हामी आफैँ टाँस्दै हिँड्यौं । स्थानीय युवादेखि क्लबलाई परिचालन गरेर कार्यक्रम गर्न उत्प्रेरित गर्यौँ । पछि सुरु हुँदा त लहरै आयो । खल्तिमा पैसा नभए पनि रमाइलो गर्ने नेपालीको एउटा बानी के पनि छ, त्यस प्रवृत्तिले भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्यो । त्यसले बाहृय साथै आन्तरिक पर्यटनलाई पनि बढावा दियो । हराएका चाडपर्व पुनर्जीवित भए । महोत्सव, मेलामार्फत सांस्कृतिक जागरण ल्याएको थियो भ्रमण वर्षले । समस्या सीमित बजेट थियो । सीमित बजेटबाट नै कार्यक्रमका बारेमा प्रचारप्रसार र डिस्काउन्टको व्यवस्था मिलायौं ।
लक्ष्य अनुसार पर्यटक भित्राउन सक्छौं त ?
सकिन्छ । अहिले मौसमी पर्यटक मात्र आउँछन् । अब वर्षभरि पर्यटक भित्र्याउने उपाय खोज्नु पर्यो । नेपालमा सधैँ पर्यटक ल्याउन सकिन्छ । वषर्ात्को समयमा हिमाल खुल्ला हुने भएकोले हिमालका पारखी र फोटोग्राफरलाई ल्याउन सकिन्छ । क्षेत्रीय र मौसमी विविधताका आधारमा पर्यटक भित्राउने उपाय खोज्नुपर्छ । फेरि १० लाख नआउँदैमा कार्यक्रम सफल भइन भन्ने चिन्ता पनि लिनु हुँदैन । थपघट हुनसक्छ । हामीले पर्यटनको माध्यमबाट उपलब्धिको मूल्याङ्कन गर्नुपर्छ ।
पर्यटन प्रवर्द्धनका लागि सुधार गर्नुपर्ने पक्ष के के देख्नु भएको छ ?
अन्तर्राष्ट्रिय विमानस्थलको पनि सुधार हुनुपर्यो । विमानस्थल साघुरो छ । साघुरो भए पनि त्यसको व्यवस्थापन राम्रो हुनुपर्यो । आधार घण्टामा क्लियरेन्स हुनुपर्यो । निजी विमानसमेत समयमा उड्दैनन् । त्यसमा सुधार हुनुपर्यो । हामीहरूमा कर्तव्यको कमि भयो, भाषणबाजी धरै भयो । ५५ प्रतिशत प्राकृतिक क्षेत्रको अध्ययन हुन सकेको छैन । त्यस्ता क्षेत्रको अध्ययन गरी पर्यटकीय गन्तव्यहरूको पहिचान हुनुपर्यो । अर्को कुरा बन्द नहुने प्रतिवद्धता सुनिश्चित हुनुपर्यो । सुरक्षा र सहि व्यवस्थापन राम्रो हुनुपर्यो । संसारभर म्यासेज दिने, तर व्यवस्थापन ठीकभएन भने के गर्ने ? पर्यटकका लागि प्याकेजको बारेमा अहिले नै सोच्नु पर्यो ।
पर्यटन क्षेत्रमा युवाहरूलाई आकषिर्त गर्न के गर्नुपर्ला जस्तो लाग्छ तपाईंलाई ?
यो महìवपूर्ण प्रश्न हो । अहिले अधिकांश शिक्षित युवा पलायन भएको अवस्था छ । युवामा जोश जाँगर छ । कोही युवाले चुनौती लिएर काम गरिरहेको छ भने उसको उत्साह र जागरलाई प्रोत्साहन दिनु पर्छ । सकिएन भने त्यो सम्पत्ति पलायन भएर जान्छ । युवालाई प्रोत्साहित गर्न सकिए नेपालको पर्यटन उद्योगको विकासमा निकै धेरै परिवर्तन ल्याउन सकिन्छ । á