अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
Tender (बोलपत्र)
 
गोरखापत्र संस्थानको कागज सप्लाई सम्बन्धि सूचना
 
गोरखापत्र संस्थान
धर्मपथ, काठमाडौं
बोलपत्र सूचना नं. ११।६८।०६९
(प्रथमपटक प्रकाशित मिति २०६८।०८।१४ गते)
यस संस्थानलाई डबल क्याब पिक अप (४ ह्रवील) २००० cc देखि ३०००cc सम्मको (डिजल ईन्जीन भएको) १ थान गाडी आवश्यकता परेकोले सो सामान सप्लाई गर्न चाहने इच्छुक रजिष्टर्ड र्फम वा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आहृवान गरिएको छ ।
१. बोलपत्र फारामको दस्तुरवापत रू. १०००।- (फिर्ता नहुने गरी) तिरी कार्यालय समयभित्र संस्थानको खरिद शाखाबाट प्राप्त गर्न सकिनेछ ।
२. बोलपत्रसाथमा आफूले कबोल गरेको मूल्यको २.५% ले हुने रकम संस्थानको ने.बैं.लि., काठमाडौं अफिसस्थित चल्ती खाता नं. ००२—११—४९८०३ मा नगद जम्मा गरी सोको बैंक भौचार वा नेपालस्थित अन्य वाणिज्य बैंक जमानतपत्र (विडवण्ड) बोलपत्रसाथ पेश गर्नुपर्नेछ । बोलपत्र स्वीकृत भएमा पुनः थप अढाई प्रतिशतले हुने रकम बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले ७ दिनभित्र ने.बैं.लि., काठमाडौं अफिसमा नगद जम्मा गरी सोको सक्कल भौचर वा नेपालस्थित अन्य वाणिज्य बैंक जमानतपत्र पेश गर्नुपर्नेछ । तर बोलपत्रदाता विदेशीको हकमा शुरुमा नै कबोल गरेको अंककको ५% ले हुने नगद जम्मा गरी सोको सक्कल भौचर वा बैंक जमानतपत्र (विडवण्ड) सिलबन्दी बोलपत्रसाथ पेश गर्नुपर्नेछ ।
३. डबल क्याब पिक अप सप्लाईसम्बन्धी बोलपत्र भनी श्रीमान् महाप्रवन्धकज्यू, गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौं उल्लेख गरी मिति २०६८।९।१४ गते गरी कार्यालय समय दिनको १२.००(वाह्र ) वजे को समयभित्र यस संस्थानमा वुझाउनु पर्नेछ । बोलपत्र बुझाउने अन्तिम दिन तथा खोल्ने दिन बिदा परेमा त्यसको भोलिपल्ट कायमै हुनेछ । म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको बोलपत्रमाथि कुनै कारवाही गरिने छैन ।
४. बोलपत्र बुझाउने अन्तिम दिन विदा परेमा त्यसको भोलिपल्ट कायम हुनेछ ।
५. यस सूचनाको म्यादभित्र प्राप्त हुन आएका बोलपत्रहरू अन्तिम म्यादको सोही दिन -अर्थात मिति २०६८/९/१४ गते दिनको २:३० बजे यस संस्थानमा बोलपत्रदाता वा निजको अधिकारप्राप्त प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ तर निजहरूको अनुपस्थितिमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन ।
६. बोलपत्र स्वीकृत भएमा स्वीकृत हुने बोलपत्रदाताले सम्झौता हुनुपूर्व २.५% ( प्रतिशत ) थप धरौटी रकम उल्लेखित खातामा जम्मा गरेको सक्कल बैंक भौचर वा कवोल गरेको जम्मा रकमको ५%ले हुने रकम बराबरको बैंक जमानत ( परफरमेन्स बण्ड) पेश गर्नुपर्नेछ ।
७.बोपत्र स्वीकृत भएको जानकारी पाएको ७ (सात) दिनभित्र सम्बन्धित र्फम, कम्पनी/सप्लायर्स आफैं संस्थानमा उपस्थित भई सम्झौता गर्नु पर्नेछ । तर विदेशीको हकमा १५ (पन्ध्र) दिनभित्रमा सम्झौताका लागि उपस्थित हुनु पर्नेछ । सो समयभित्र सम्झौता गर्न नआएमा उक्त सप्लायर्सले जम्मा गरेको धरौटी रकम जफत गरी अन्य सप्लायर्ससंग सम्झौता गर्न सकिनेछ ।
८. यसमा उल्लेख गरिएको शर्तहरू पूरा नभएको वा म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएका बोलपत्रहरू मान्य नहुने भएकोले कारवाही गरिनेछैन ।
९. कुनै पनि बोलपत्र आंशिक वा पूरै स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थानमा सुरक्षित रहनेछ । १०. यस सूचनामा नपरेको अन्य विषयमा नेपाल सरकारको प्रचलित ऐन नियम बमोजिम हुनेछ ।
 
अन्य शीर्षक (Other Headlines)
गोरखापत्र संस्थानको कागज सप्लाई सम्बन्धि सूचना

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home