गतिविधि

गोरखापत्रले ऐतिहासिक तस्बिरको संरक्षण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी

काठमाडौँ, वैशाख १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गोरखापत्र संस्थानमा रहेका ऐतिहासिक तस्बिरको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।  गोरखापत्र प्रकाशन १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सव साथै राष्ट्रिय फोटो पत्रकारिता दिवस- २०८१ को अवसरमा संस्थानमा आ [...]

संस्थानका कर्मचारीलाई दक्ष बनाउन प्रशिक्षण

गोरखापत्र अनलाइन काठमाडौं, चैत २४ गते । गोरखापत्र संस्थानका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसाथ सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।  संस्थानको योजना विभाग अन्तर्गत तालिम शाखाको आयोजनामा ‘विज्ञापन, व्यापार प्रवर्धन तथा ग्राफिक डिजाइन र अनलाइन विज्ञापनसम्बन्धी क्षमता अ [...]

सञ्चालक सदस्यमा भुर्तेल

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत १९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विजय भुर्तेललाई गोरखापत्र संस्थान सञ्चालक सदस्यमा नियुक्त गरेको छ । उपसचिव भुर्तेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वयन शाखामा कार्यरत हुनुहुन्छ । मन्त्रालयका शाखा अधिकृत सावित्रा देवकोटा पौडेलका अनुसार अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि गो [...]

मुनाका सम्पादक थापाको बिदाइ

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २३ गते गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक तथा मुना मासिकका निमित्त सम्पादक भक्तबहादुर थापा उमेर हदका कारण बुधबारदेखि सेवानिवृत्त हुनुभएको छ । उहाँको बिदाइ कार्यव्रmममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले थापाको हक्की स्वभाव र महŒवपूर्ण सुझावलाई संस्थानले ग्रहण गर्ने बताउ [...]

अबको प्रतिस्पर्धा विषयवस्तुमा केन्द्रित

गोरखापत्र समाचारदाता काठमाडौं, फागुन १२ गते गोरखापत्र संस्थानले आफ्नो दोस्रो ‘गोरखापत्र डिजिटल डे’ मनाएको छ । विसं २०५३ फागुन १२ गते ‘दी राइजिङ नेपाल’ को सामग्री वेबसाइटमा राखिएको दिनलाई मानेर गत वर्षदेखि ‘गोरखापत्र डिजिटल डे’ मनाउन थालिएको हो । त्यस अवसरमा शनिबार यहाँ आयोजित विशेष कार्यव्रmमलाई सम्बोधन गर्दै गोरखापत्र संस्थानका कार्यका [...]

सल्लाहकारद्वारा पद बहाली

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस १८ गते गोरखापत्र संस्थानमा नवनियुक्त सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीले संस्थानमा पद बहाली गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को पुस ५ को बैठकले पत्रकारिता क्षेत्रमा सक्रिय अधिकारीलाई आर्थिक, व्यवस्थापन तथा छपाइ र कानुनी क्षेत्रमा काम गर्दै आउनुभएका चौधरीलाई कानुनी  सल्लाहकारमा नि [...]

सल्लाहकारमा अधिकारी र चौधरी

सल्लाहकारमा अधिकारी र चौधरी गोरखापत्र समाचारदाता काठमाडौँ, पुस १३ गते गोरखापत्र संस्थानका सल्लाहकारमा रामकृष्ण अधिकारी र सुशीला चौधरी नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन–२०१९ बमोजिम उहाँहरूलाई सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गरिएको हो । सरकारका प्रवक्ता ए [...]

सञ्चार माध्यमले पुलको काम गर्नु पर्छ

शशिधर पराजुली, नवराज कट्टेल विराटनगर, पुस ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमले सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानको विराटनगर प्रकाशन गृहको आइतबार अवलोकनपछि उहाँले सरकारले गरेका राम्रा काम जनताका बिचमा लैजाने र सरकारप्रति जनताको आशा, अपेक्षा र गुनासाला [...]

‘सरकारी सञ्चार माध्यमप्रतिको दृष्टिकोण बदलौँ’

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस १ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमप्रतिको दृष्टिकोण बदल्न आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानको सहप्रकाशन द राइजिङ नेपालको ५९ औँ वर्ष प्रवेशका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यव्रmममा उहाँले सो कुरा बताउनुभएको हो । “म आफ्नो ठाउँबाट प्रतिबद्ध छु । तपाईं [...]

मुनाको सम्पादकमा थापा नियुक्त

काठमाडौँ, (गोरखापत्र) असार ५ गते । गोरखापत्रको सहप्रकाशन मुना मासिक (बालपत्रिका)को निमित्त सम्पादकमा भक्तबहादुर थापा नियुक्त हुनुभएको छ । यसअघिका मुनाका सम्पादक हरिप्रसाद भट्टराईले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त थियो । गोरखापत्र संस्थान व्यवस्थापनले असार ६ गतेबाट लागू हुनेगरी थापालाई सम्पादक नियुक्त गरेको हो । २०५३ सालमा [...]

मन्त्रालय र गोरखापत्रबिच सम्झौता

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गोरखापत्र संस्थानबिच सोमबार अनुदान सम्झौता भएको छ । गोरखापत्रमा समावेशी लेखरचना प्रकाशन तथा गोरखापत्रका पुराना अङ्कको अर्काइभिङका लागि नेपाल सरकारका तर्फबाट चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट विनियोजन भए अनुसार यो सम्झौता भएको हो । मन्त्रालयले समावेशी प्र [...]

गोरखापत्रको सुधार प्रशंसनीय

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २१ गते राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकारहरूले पछिल्लो समय गोरखापत्रले गरेका सुधारको प्रशंसा गर्नुभएको छ । गोरखापत्र संस्थानमा राखिएका तस्बिर प्रदर्शनी अवलोकन गर्न आएका राष्ट्रपतिका सल्लाहकारहरूले गोरखापत्रका प्रकाशन, संस्थानको आर्थिक तथा भौतिक प्रगतिका साथै वर्तमान अवस्थाबारे चासो राख्नुभएको [...]

सय वर्षका लागि गोरखापत्रको ग्राहक

लक्की चौधरी काठमाडौँ, असार २९ गतेप्रकाशनका सुरुका केही वर्ष ग्राहक अभावले गोरखापत्रले सकस बेहोर्नुपरेको कुरा त्यो बेला प्रकाशित विज्ञापनबाट स्पष्ट हुन्छ, “ग्राहकवर्गले यस्का उपर कृपादृष्टि नदिनु भयाका हुनाले अब यो गोर्खापत्र चल्नालाई बडा मुश्किल हुने जस्तो बुझियो यस कारण यो सूचना गरियाको हो । येस गोर्खापत्रले आफ्नू उत्साह बढाउने ग्राहकह [...]

मधुपर्कको डिजिटल प्रति गोरखापत्रलाई हस्तान्तरण

गोरखापत्र समाचारदाता काठमाडौँ, असार २२ गते अनुसन्धानदाता शिव रेग्मीद्वारा सङ्कलन गरिएका मधुपर्क मासिक पत्रिकाको विभिन्न अङ्कको डिजिटलाइजेसनको प्रति मार्टिन चौतारीले गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको छ । रेग्मीकी छोरी शैलेजा रेग्मी भट्टराईले सङ्कलित प्रति मार्टिन चौतारीलाई हस्तान्तरण गर्नुभएको थियो र सोही प्रति मार्टिन चौतारीले शुव्रmब [...]

गोरखापत्र र आयोगबिच सहकार्य

गोरखापत्र समाचारदाता काठमाडौँ, असार १ गते गोरखापत्र संस्थान र राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारका विविध विषयलाई संयुक्त रूपमा प्रवर्धन गर्ने भएका छन् । आयोगका सहसचिवद्वय डा. टीकाराम पोखरेल र सम्झना शर्मा, मानव अधिकार अधिकृत दुर्गा पोखरेललगायतका पदाधिकारीसँग शुव्रmबार भएको छलफलका व्रmममा सहकार्य गरेर मानव अधिकारका विषयमा हातेमालो [...]

मधुपर्क सम्मानबाट तीन स्रष्टा सम्मानित

काठमाडौं, जेठ ३० गते। मधुपर्क सम्मान-२०८० बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ कथाकार पुष्कर लोहोनी र छन्द कवि प्रभा भट्टराई आचार्य पुरस्कृत तथा सम्मानित हुनुभएको छ।  गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन ‘मधुपर्क’को ५६ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा मङ्गलबार आयोजित मधुपर्क सम्मान–२०८० समर्पण समारोहमा उहाँहरुलाई सम्मा [...]

सञ्चालक सदस्यको स्वागत

गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १८ गते गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएका स्याङ्जा सिर्सेकोट–७ का नन्दलाल तिवारी र अर्घाखाँची पाणिनी–५ का लेखनाथ न्यौपानेलाई बिहीबार संस्थानमा स्वागत गरिएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार [...]

गोरखापत्र संस्थान सञ्चालक समिति सदस्यमा न्यौपाने नियुक्त

गोरखापत्र अनलाइन काठमाडौं, जेठ १८ गते । गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाद्वारा प्रेषित पत्रअनुसार उहाँ संस्थानको सञ्चालक समिति सदस्य पदमा नियुक्त हुनुभएको हो । गोरखापत्र ऐन २०१९ को दफा ८ को उपदफा (१) को (घ) [...]

सञ्चालक समिति सदस्यमा तिवारी

गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १७ गते दी राइजिङ नेपालका उपसम्पादक नन्दलाल तिवारी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उहाँलाई चार वर्षका लागि बुधबार सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाका अनुसार मन्त्रीस्तरको [...]

गोरखापत्र सबै मिडियाको अभिभावक : मन्त्री शर्मा

गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सबै मिडियाको अभिभावक बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश, गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सव तथा गणतन्‍त्र दिवसको समेत सन्दर्भ पारेर भूगोलपार्कस्थित संस्थानको केन्द्रीय कार्यालयमा आयोजित तस्बिर प्रदर्श [...]

सम्पादक सल्लाहकार महर्जनद्वारा पद बहाली

काठमाडौं, जेठ १६ गते । गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्र संस्थानमा पद बहाली गर्नुभएको छ । उहाँलाई जेठ १२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । पदबहालीको क्रममा सम्पादक सल्लाहकार महर्जनले सरकारका सुशासन र समृद्धिको लक्ष्यलाई प्राथमिकता दिन र आवाजबिहीनहरूको [...]

‘गोरखापत्र सजीव इतिहास बोकेको राष्ट्रको पत्रिका’

गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गोरखापत्र सजीव इतिहास बोकेको राष्ट्रको पत्रिका भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा वैशाख २४ गतेदेखि जारी फोटो प्रदर्शनीको सोमबार गोरखापत्र संस्थानमा अवलोकन गर्दै उहाँले प्रदर्शनीमार्फत गोरखापत्रको इ [...]

‘गोरखापत्र जनताको अखबार’

कोशी प्रदेश ब्युरो विराटनगर, वैशाख २९ गते गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा संस्थानको विराटनगरस्थित पूर्व क्षेत्र प्रकाशन कार्यालयमा शुव्रmबार एक कार्यव्रmमको आयोजना गरियो । कार्यव्रmमका सहभागी वक्ताहरूले गोरखापत्र दैनिकले पछिल्लो समयमा नागरिकको पत्रिकाको भूमिका निर्वाह गर्दै आएको च [...]

‘गोरखापत्रले खोजमूलक र सकारात्मक समाचार दिनुपर्छ’

धनगढी समाचारदाता धनगढी, वैशाख २६ गते गोरखापत्रले आमनागरिकको समस्यासँग सम्बन्धित खोजमूलक तथा सकारात्मक समाचार दिनुपर्ने सुदूरपश्चिम प्रदेशका प्रबुद्ध व्यक्तित्वहरूले जोड दिएका छन् ।  गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार धनगढीमा आयोजित अन्तव्रिर्mयामा सहभागीहरूले सो कुरामा जोड दिनुभए [...]

गोरखापत्र सूचनाको आधिकारिक माध्यम : प्रम

गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सूचना र जानकारीका लागि गोरखापत्र दैनिक आधिकारिक र भरपर्दो माध्यम रहेको बताउनुभएको छ । गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा आइतबार राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले गोरखापत्रलाई अझै विश्वसनीय, [...]

गोरखापत्रको १२३औं वार्षिकोत्सवमा पत्रकार र कर्मचारी सम्मानित

काठमाडौं, वैशाख २४ गते । गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा आइतबार संस्थानमा कार्यरत १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार संस्थानमा कार्यरत पत्रकारिता, प्रशासन र प्राविधिक सेवाबाट एक–एक जना उत्कृष [...]

कर्मचारीलाई सम्मान गरिने

गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २३ गते नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थान केन्द्रीय समितिले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले उत्पादन विभागका निमित्त प्रमुख प्रबन्धक मुकुन्द्रप्रसाद चिमौरिया, वरिष्ठ सहायक सविता बस्नेत तथा वितरक मदन रानालाई सम्मान गर्ने [...]

संस्थानमा रक्तदान सुरु : रक्तदान, जीवन दान

काठमाडौं, वैशाख २१ गते । नेपाली छापा पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेशको अवसरमा आज (बिहीबार) गोरखापत्र संस्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  गोरखापत्र प्रकाशनको १२३ वर्ष तथा गोरखापत्र संस्थानको ६१औँ वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थान र नेपाल पत्रकार महासङ्घ गोरखापत्र [...]

गोरखापत्रको डिजिटल अर्काइभ सुरु

गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २० गते गोरखापत्र संस्थानले आफ्ना पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण (डिजिटल अर्काइभिङ) प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना   प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बुधबार गोरखापत्रको अत्याधुनिक डिजिटल अर्काइभिङ प्रणालीको अवलोकन गर्नुभयो । डिजिटल अर्काइभ स्टुडियो र संस्थानका प्रक [...]

प्रविधिमा फड्को मार्दै गोरखापत्र

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १२ गते गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले १२२ वर्ष पुरानो संस्था गोरखापत्रले प्रविधिमा फड्को मार्नुपर्ने बताउनुभएको छ । गोरखापत्र अनलाइन डट कम र राइजिङ नेपाल डेली डट कमको संयुक्त आयोजनामा शुक्रबार आयोजित ‘डिजिटल डे’ कार्यक्रममा उहाँले अब प्रविधिमा पछाडि परे बाँच्न गाह्रो हुने उल्ले [...]

‘गोरखापत्रको रूपान्तरण आवश्यक’

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन ९ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र संस्थानका प्रकाशनहरूलाई थप परिस्कृत र पठनीय बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । मन्‍त्रालयमा आयोजित गोरखापत्र संस्थानको प्रस्तुतीकरण कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा गोरखापत्रले आफूलाई [...]

गोरखापत्रलाई उत्कृष्ट सेवाग्राही सम्मान

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन  ७ गते गोरखापत्र संस्थानलाई राष्ट्रिय समाचार समिति (रासस)ले उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार राससको ६२औँ वार्षिकोत्सव समारोहमा सम्मान प्रदान गर्नुभएको हो । समारोहमा गोरखापत्र संस्थानका कार्यका [...]

गोरखापत्र निजी सञ्चारसँग प्रतिस्पर्धी हुनुपर्छ : मन्त्री शर्मा

सिराज खान नेपालगञ्ज, फागुन २ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहास मात्र नभई नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताउनुभएको छ । बाँकेको कोहलपुरस्थित गोरखापत्र संस्थान पश्चिम क्षेत्रीय प्रकाशन कार्यालयको मङ्गलबार स्थलगत निरीक्षण गर्दै उहाँले गोरखापत्र राष्ट्रको पत्रिका र आवाज भएकाले यसलाई देशको हरेक क् [...]

सहकार्यको प्रस्ताव

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस ४ गते गाउँपालिका राष्ट्रिय महासङ्घ र गोरखापत्र संस्थानबीच सहकार्य गरिने भएको छ । महासङ्घको  नवनिर्वाचित नेतृत्वको सम्मानमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरूको सम्मानमा आज संस्थानमा आयोजना गर्नुभएको कार्यक्रममा महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे र कोष [...]

गोरखापत्रका सामग्रीमा स्तरीयता बढ्यो

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस ४ गते नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पछिल्लो समयमा गोरखापत्रका समाचार सामग्रीमा स्तरीयता बढेको र परिवर्तन आएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र शाखा प्रतिष्ठानको दसौँ साधारण सभामा उहाँले गोरखापत्रका सामग्री खोजेर पढ्न थालिएको बताउनुभयो । निजी सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न [...]

‘विश्वसनीय पत्रकारिता हुनुपर्छ’

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस १ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले नेपाल दक्षिण एसियामै उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभएको छ । गोरखापत्र संस्थानको सहप्रकाशन दी राइजिङ नेपाल दैनिकको ५७औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहा [...]

दि राइजिङ नेपालको ५७ औं वार्षिकोत्सव

काठमाडौं, पुस १ गते । गोरखापत्र संस्थानको दोस्रो दैनिक प्रकाशन अङ्ग्रेजी भाषाको ‘द राइजिङ नेपाल’ को ५७ औं वार्षिकोत्सव एक समारोहका बीच सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु भएको हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सुरु भएको क [...]

गोरखापत्र संस्थानका निमित्त निर्देशक घलेको बिदाइ

गोरखापत्र अनलाइन काठमाडौं, मङ्सिर ८ गते । गोरखापत्र संस्थान वितरण विभागका निमित्त निर्देशक सोमबहादुर घले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबारबाट संस्थानको सेवाबाट बिदाइ लिनुभएको छ । उहाँले अस्थायी सेवासमेत गरी संस्थानमा ४२ वर्ष सेवा गर्नुभयो ।  गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी  र महाप्रबन्धक [...]

‘दलभन्दा व्यक्तिको...

नो नेभर, एगेन एन्ड अगेन भन्न पाइन्छ तर यसोभन्दा सामाजिक मर्यादा र सदाचारको ख्याल गर्नुपर्छ भन्दा अहिले आयोगले मुद्दा खेपिरहेको छ । के निर्वाचनपछि मिथ्या सूचना सम्प्रेषण र सामाजिक सदाचार उल्लङ्घन गर्न पाइन्छ ? त्यही लोकतन्त्र हो भन्न मिल्छ ?” निर्वाचनलाई प्रभाव पार्नेगरी आउने मिथ्या सूचना, घृणास्पद वातावरणलाई सञ्चारमाध्यमले निस्तेज पार्नुपर् [...]

‘सदर मत वृद्धि गराउनमा सञ्चारको भूमिका महìवपूर्ण’

कैलाली/धनगढी समाचारदाता धनगढी, कात्तिक २१ गते गोरखापत्र संस्थानले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत आफ्ना जिल्ला समाचारदाताहरूलाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार लेखन र सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले संस्थानले सोमबार धनगढीमा कार्यक्रम गरेर अनुशिक्षण प्रदान गरेको हो । अनु [...]