अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
गोरखापत्रको आग्रह
गोरखापत्रको यो पृष्ठ अब पाठकहरूका लागि पनि खुला गरिएको छ । गोरखापत्रमा प्रकाशित समाचारविचारप्रति तपाईंका उपयोगी, विचारोत्तेजक टिप्पणीप्रतिक्रियाहरू पोष्ट गर्न सक्नुहुन्छ । प्राप्त टिप्पणीप्रतिक्रियाहरूलाई यथासम्भव यस पृष्ठमा र गोरखापत्रको छापा संस्करणमा प्रकाशित गरिनेव्यवस्था पनि गरिएको छ ।
 
आफ्ना टिप्पणी / प्रतिक्रिया पठाउनुहोस्
Name
Address
Email  
Comment
 
 

 
Gokul Pradhan   [From: ]:
 
 
यथार्थमा, मुलुकमा आम परिवर्तनको खााचो छ तर यी सवका लागि कमिशन, चुहावट नियन्त्रण, लोभ, लालच राष्ट्रपति, प्रधानमन्त्रीदेखि कायालय सहयेागीसम्म सबैले त्याग्न सक्नु पर्छ । यो परिवर्तनले यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गर्न सक्छ । ब्यक्तिगत स्वार्थ र पार्टी भन्दा देशलाई माया गर्ने राजनीतिक नेतृत्वको विकास होस् । जनताका आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी सर्वसुलभ तरिकाले प्राप्त होस् । नाताबाद कृपाबाद, छुवाछुत, भ्रष्ट्राचारको मलामी जान पाइयोस्
 

 
Bikesh Shrestha   [From: Chundevi ]:
 
 
अंग दान गरौं। पुण्य कमाऔं । स्वस्थ्य मानब शरीरको बिभिन अङ प्रत्यङहरु आवस्यकता अनुसार बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ। तेस्तै मृत्युम पस्चात लाश जलाउने गर्दा खरानीमा परिणत हुन्छ भने मरेको शरीरबाट पनि बिभिन अङहरु दान गर्न सकिन्छअङ दान गर्नाले धैरै पुन्य लाभ हुन्छ। तेसैले अङ दान गरि मानवताको परिचय दिउँ।
 

 
हरि घिमिरे   [From: भर्जिनिया, अमेरिका ]:
 
 
गोरखापत्रको ऐतिहासिक महत्व छ।यसले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा योगदान त गरेकैछ;अहिले समावेसी ढङ्गबाट पनि नेपालका अन्य भाषालाई समेट्ने प्रयास गरेको छ। तर यसको गति हेर्दा आफ्नो ऐतिहासिक मूल्य बिर्सेर कतै यो जागीर खाने थलाका रुपमा विकास हुन लागेको त छैन? भन्ने शङ्का उत्पन्न भएको छ।भाषा, साहित्य र समाचारलाई स्तरीय मापदण्डमा राखेर सन्तुलित रुपमा प्रस्तुत हुन सके गोरखापत्रका बारेमा मडारिएका अनेकौं आशङ्काहरुको स्वत: निवारण हुन जान्थे कि!
 

 
Khadga Sen Oli   [From: NSET ]:
 
 
जापानमा अघिल्लो शुक्रबार गएको शक्तिशाली महाभूकम्प र त्यसपश्चात उर्लेको महाविनाशकारी सुनामीले थोपरेको महाविपत्तिका कहालीलाग्दा दृश्यहरूले सम्पूर्ण विश्वजगत यतिखेर अवाक बनेको छ। यसकै सेरोफेरोमा खासगरी भौगर्भिक अवस्थितिका दृष्टिले अत्यन्त उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा रहेको नेपाल र भूकम्पका कारणले हुनसक्ने संभाव्य क्षतिका दृष्टिले संसारकै सबैभन्दा बढी संकटासन्नतामा रहेको काठमाडौं शहरलाई समेत केन्द्रविन्दुमा राखेर बिभिन्न क्षेत्रमा विचार, विमर्श र अध्ययन-विश्लेषण गर्ने कार्यले अहिले तीव्रता पाएका छन। खासगरी सञ्चारमाध्यममार्फत प्रवाह गरिने सूचना र तथ्यहरुले जनतालाई सुसूचित पार्ने र जनचेतना अभिवृद्धि गर्नुका साथै जोखिम न्यूनिकरण एवं पूर्वतयारीका लागि प्रेरित गर्ने कुरा जगजाहेर छ। गोरखापत्रमा आज प्रकाशित "उपत्यकाका ८० प्रतिशत घर भूकम्पीय जोखिमयुक्त" शीर्षकको समाचार यस्तै एउटा हर्को प्रयत्न हो जो प्रशंसनीय छ। यद्यपि यसमा समावेश भएका केही तथ्यउपर केही थप प्रष्टाउनुपर्ने महसूस भएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज - नेपालका प्रतिनिधि गणेश कुमार जिमीले उपत्यकाभित्र भूकम्पकजन्य जोखिमका समयमा घाइतेहरू सुरक्षित स्थानमा राख्नका लागि गविस क्षेत्रमा २०६ स्थान, काठमाडौँ महानगरपालिकाभित्र २३१ स्थान र ललितपुरमा १५६ स्थान जग्गाको व्यवस्था गरिएको जानकारी दिनुभएकोमा अन्यथा हुन गएको छ। साथै ती स्थानहेरुको क्षेत्रफल न्यूनतम २ रोपनीदेखि लिएर अधिकतम ७४६ रोपनीसम्म पाइएको ब्यहोरा समेत अनुरोध छ । ती स्थानहरुको प्रारम्भिक चरणको अध्ययन पूरा भई विस्तृत विवरण प्राप्त भए तापनि संभावित विपद अवस्थामा त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भनी निर्क्यौल गर्ने कार्य बाँकी नै रहेको छ। खड्ग सेन ओली पैरवी तथा बाह्य सम्बन्ध प्रबन्धक भूकम्प प्रविधि राष्ट्रिय समाज - नेपाल
 

 
कस्तूरी   [From: अमेरिका ]:
 
 
विचरा गोरखापत्र! धेरै भोटो फटाइ सकेको छ।धेरै घाम-पानी सही सकेको छ।तर यसले कहिल्यै पनि स्वतन्त्रपूर्वक बाँच्ने वातावरण भने पाएन।सरकारको परिवर्तन सँगै आफूलाई पनि सोही अनुरुप ढाल्नु पर्ने बाध्यता बोकेको गोरखापत्र टाक्सिएको छ।लूते भएको छ।कुपोषण लागेको बच्चा जस्तो भएको छ।अर्काको गुणगान गाउँदा गाउँदा आफ्नै अस्तित्व बिर्सेको छ।एक जमाना थियो- साहित्य र भाषा हेर्नु पर्यो भने गोरखापत्र हेर्नु भन्थे।कुनै शब्द शुद्ध खोज्नु परे गोरखापत्र पल्टाउँनु भन्थे तर आज राजनीतिको शिकार भएर अर्कालाई पाल्दा पाल्दा आफै सुकेनास लागे जस्तो भएको छ-बिचरा गोरखापत्र!!!!!
 

 
dilli prasad lamsal   [From: ]:
 
 
जसरी हुन्छ संक्रमणकालको अन्त्य गर्नु जरूरी छ । संविधान छिटो बनोस् । हरेक नेपालीको मन र भावना संविधानतिर छ । भोलि संविधान बनेन भने फेरि लडाञी गरेर थाकेको नेपालीको के हुने हो भन्नेमा साह्रै चिन्ता लागेको छ । जसरी हुन्छ हाम्रा सबै नेताजीहरू एकजुट भएर संविधान बनाउनतिर तत्पर हुनुहुनेछ भन्नेमा आशा गरेको छु ।
 

 
Ramesh Gurung   [From: Kathmandu ]:
 
 
यूवा जनसक्तीको आवाज १)के युवा भनेको यो देशमा उमेरले डाडा काटेका ६० बर्ष भन्दा माथीका हुन । तीनले मात्र एक छत्रै राज गर्ने हो ? २) हामी युवालाई सधैं सडक तताउन,क्यामपस र विद्यालय बन्द हडताल गर्न,किताब, कपी कलम को साटो ढुङ्गा, खुकुरी र रड बोक्न हो ? ३) उच्च शीक्षा हसिल गरेका र रोजगारीका लागि भौतरी बसेका का लागि रोजगार र अबसर तथा सिप मुलक कार्यक्र्‍म नलयौने नै हो ? ४) देशमा सुरक्षा निकाय बलियो को साटो भरषठचारी लुटेरा घुसिया तथा गुण्डा बनाउनलाई युवालाई पेरित गर्ने हो ? ५) युवाहरु को तातो रगत , जोश जागर तथा योगयता सधैं बलिदान मै सिमित हुने हो ? ६) देशको सोरूत र साधनको सही सदुपरायोग गर्ने कि युवालाई खाडीको मुलुकमा सधैं पठाऔने हो ? ७) रोग भोग अशीक्षा गरीबी को मारमा सधैं अधेर्योमा राखने हो ? ८) सधैं देश बिदेशमा, तारे होटेलमा गोस्ठी र सेमिनार तथा ठुला असम्भव भाषन गर्ने हो जुन ब्यबहारमा लागु हुन्न ? ९) कि देश को सिमाना मिच्दा पनि चुप लागेर टुलु टुलु हेर्ने अनी हेपी दुबानमा बस्ने हो ? १०) बेरोजगारीको र कामको अभावमा चर्को मुल्य र महगी तिरी यस्को मारमा बस्ने हो ? ११) हामी युवाको ज्ञान सिप योग्यता कामको उच्च मुल्याङ्कन कहिले नगरी दिने हो कि ? १२)युबा निती र अबसरको खोज , देश बिकासका नयाँ नयाँ कार्य तालिक र दिगो भावी योजना नबनइ सम्भीधानमा न लेखने हो कि ? १३) जात, धर्म, लिङ , भौगोलिक आधारमा देश बिभाजन गर्ने हो भने हामीलाई नि युवा राज्य छुट्याउने हो कि ? १४) आदी इत्यदी यि सब हाल देश मा देखीएको समस्या हो यो प्र्तेक नेपालीको समस्या हो । त्तेसैले माथिका कुरा को पनि मानन होस् । नेपाली जनसक्ती को सही सदुप्रयोग र उचित सम्मान हुनु पर्‍यो । नेपाली हौ नेपाल हो . यस्कोको इज्जत मान सम्मन सब अब को नयाँ सम्वीधानमा हुनु अती आबसयक छ। लिबिया, बहराइन ,इजिप्ट , ईरान, पाकिस्थान , सुडान को जस्तो आन्दोलन र घटना तथा बिश्वो को ठुलो घटनाबाट सिकनु आबस्यक छ । जय नेपल
 

 
Bala R gautam   [From: Iowa city USA ]:
 
 
गोरखा पत्र ले ओन लाइन टिका तिप्प्नी गर्न सकिने अवस्था प्रारम्भ गरेकोमा सम्बन्धित ब्यक्ती हरु बधाई का पात्र हुनु हुन्छ |पुरानो प्रानली बाट नयाँ प्रबिधी तर्फ उन्मुख गोरखा पत्र आँफै पनि बधाई को पात्र छ |
 

 
दिलीपराज पौडेल   [From: kathmandu ]:
 
 
मिति : २०६७/११/२१ शोक वक्तब्य लोकतान्त्रिक आन्दोलनका बरिस्ठ राजनीतिज्ञ, सन्तनेता, प्रथम सभामुख एबं पूर्बप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको करिब ८७ वर्षको उमेरमा मिति २०६७ फाल्गुन २० गते रातको ११:२० बजे यसलोक बाट बिदा लिनु भएको खबरले हामीलाई स्तव्ध र मर्माहत बनाएको छ । उहाँले २०४६ सालको जनआन्दोलन पछिको अन्तरिम सरकारको कुशल र सफल नेतृत्व गरी, तात्कालिन परिवेशमा त्रिपक्षीय सम्झौता अनुसार सरकारको नेतृत्व गरेर छोटो अवधिमा संविधान निर्माण र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने चुनौतिपूर्ण कार्य गरेर भट्टराईले ऐतिहासिक सफलता हासिल गरेको कुरा हाम्रो मानसपटलमा ताजै छ । बर्तमान संक्रमणकालीन परिबेशमा उहाको निधनले देशको दिर्घकालिन शान्ति निर्माण प्रक्रिया, प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलन लाई सस्थागत गर्ने प्रक्रियामा ज्यादै ठुलो अपुरणीय क्षति भएको महसुस गरेका छौ । दुख : र शोक को यस घडीमा उहा प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, इस्टमित्र, शुभेच्छुक एब समर्थक प्रति यो संगम गहिरो समबेदना ब्यक्त गर्दछ । (दिलीपराज पौडेल ) सचिव
 

 
कमल भट्टराई   [From: ]:
 
 
आज बिहानै जुरुक्क उठें । ५ बजेको रहेछ। काममा जान तयार हुन लागें तर किन किन मेरो जिउ सार्है थकित थियो । काममा सिक कल गरें अनि कम्प्युटर खोलें र सधैं झैं आफ्नो देशका समाचारका शीर्षकहरु तिर आँखा लगाएँ। सधैं एउटै खाले न्यूज देशमा शान्ति चाहिएको छ । वार्ता सम्पन्न तर बिफल, आन्दोलन घोषणा गर्ने चेतावनी, पार्रर्टीहरु बिच सम्झौता भयो तर कार्यान्वयन भएन । इन्धन अभाव । चक्का जाम आदि इत्यादि । किन नेपालको राजनीतिमा कतिबेला के हुन्छ ठेगाना हुँदैन ? बिहानको अनुमान बेलुकी फेल हुन्छ । आजको अनुमान भोलि फेल हुन्छ । बिहान गरेको कुरा बेलुकी असान्दर्भिक हुन्छ । बेलुकी लेखेको समाचार बिहान पढ्दा हाँसो लाग्छ । बिहान बोलेको कुरा बेलुकी नेताहरुले भुली सक्छन् । बेलुकी गरेको सम्झौता रात रहे अग्राख पलाउँछ भनेझै मसी सुक्न नपाउँदै बिर्सिन थाल्छन नेताहरु ? को कति बेला कोसँग मिल्छ ठेगान हुँदैन । यस्ता समाचारले विशेष गरी हामी बिदेशमा बस्ने जो कसैलाई साहै दु:ख लाग्दो रहेछ । हामी बिदेशमा भए पनि कुरा देशकै गर्छौ । देशप्रति अगाध माया छ तर आफ्नो देशको परिस्थिति र बाध्यताले गर्दा बिदेसिनु परेको छ । यो कुरा हाम्रो देशका राजनीतिक पार्टीका नेताहरुले बुझ्नु जरुरी छ । मेरो विचारमा अबको बेला भनेको सम्पूर्ण राजनीतिक पार्टी तथा नेताहरु आफूलाई सच्याउने र मूल्यांकन गर्दै नयाँ आधारमा सहमति र सहकार्यको मार्गमा जाने । अनि सबै मिली देश र जनताको पक्षमा लाग्ने । जनचाहना भन्दा ठुलो कुनै एजेण्डा हुदैन भन्ने बुझ्ने र नयाँ संस्कार निर्माण गर्दै अघि बढ्ने । यतार्थमा, मुलुकमा आम परिवर्तनको खाँचो छ तर यी सवका लागि कमिशन, चुहावट नियन्त्रण, लोभ, लालच राष्ट्रपति, प्रधानमन्त्रीदेखि कायालय सहयेागीसम्म सबैले त्याग्न सक्नु पर्छ । यो परिवर्तनले यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गर्न सक्छ । ब्यक्तिगत स्वार्थ र पार्टी भन्दा देशलाई माया गर्ने राजनीतिक नेतृत्वको विकास होस् । जनताका आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी सर्वसुलभ तरिकाले प्राप्त होस् । नाताबाद कृपाबाद, छुवाछुत, भ्रष्ट्राचारको मलामी जान पाइयोस् र समग्रमा बिधिको बिधान अनुसार चल्ने कानुनी राज्यको निर्माण होस्, हाललाई नयाँ नेपाललाई चाहिएको यत्ति हो । यसरी मात्र नयाँ नेपाल सम्भब छ ।
 

 
Punya R. Sthapit   [From: ]:
 
 
गोरखापत्रले निरन्तर रूपमा पुर्‍याउादै आएको योगदान सराहनीय छ । नेपालको सबैभन्दा पुरानो अखबार गोरखापत्रले विभिन्न कठिनाइहरूको सामना गरेको छ । गोरखापत्रले राष्ट्रनिर्माणलाई ध्यानमा राखी महत्वपूर्ण समाचार तथा लेखहरू प्रकाशित गर्नुपर्दछ । यस सिलसिलामा यसले नियमित रूपमा लेखहरू प्रदान गर्नसक्ने लेखकहरूको सूची तयार पार्नुपर्दछ । मेरो विचारमा गोरखापत्रमा प्रकाशित गरिनुपर्ने स्तम्भहरूमा निम्न अनुसार छन् ः क) स्वास्थ्य स्तम्भ, जसले मानिसहरूमा चेतना जगाओस् । ख) हुलाक टिकटसम्बन्धी स्तम्भ, जसले नेपालीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सक्छ । ग) चेस स्तम्भ, जसले मानिसहरूको दिमाग तिखारोस् । घ) कला स्तम्भ, जसले मानिस भित्र रहेको क्षमतामालाई प्रस्फुटित गरोस् । पुण्य आर स्थापित
 

 
Basanta Rajbahak   [From: ]:
 
 
ध्यान दिनु पर्ला कि ? सरकारले वित्तीय संस्थाहरुबाट वार्षिक रुपमा अरबौं रुपियाँ विभिन्न करको नाममा उठाउँछ तर ति संस्थाहरुमा आर्थिक मन्दी आउँदा खेरि वा जोखिममा पर्न लाग्दा उनीहरुलाई आर्थिक, भौतिक एवं अन्य सहयोग गर्नु पर्ने होइन र नाफा हुँदा चाहिँ विभिन्न किसिमले राजस्वको नाम रकम उठाउने घाटा भयो भने खारेजीमा पठाउने ? के यसले गर्दा सर्वसाधारण लगानी कर्ताको लगानी त डुब्ने नै भयो नि अनि बैंकप्रति उनीहरुको विश्वास कसरी जाग्छ ? अब हुँदा हुँदा विकास बैंकहरुले ठूला बैंकमा रहेका आफ्ना रकम झिक्न थालेको समाचार प्रकाशनमा आइरहेको छ , त्यै त ठूला बन्खारुमा आर्थिक तरलता भैरहेको अवस्थामा यसरी विकास बैंक, सहकारी, फाईनान्स कम्पनीले रकम झिके भने भोलि ठूला बैंकले कताबाट रकमको जोहो गर्ने बचतकर्ता भुक्तानी कसरी दिने ? त्यसैले ने. रा. बैंकले बेलैमा यसतर्फ ध्यान दिनु पर्ला कि ?
 

 
Damodar Guragain   [From: ]:
 
 
भनिन्छ, अदालतले गरेको निर्णयमा कुनै टीका टीप्पणी गर्नु भनेको अदालतको मानहानि हो तर यो प्रकाशित विषयमा केही नबोली बस्न म सकिना र आˆनो विचार राख्दैछु । माओवादी द्वन्द्वको ११ वर्षको अवधिमा राज्य पक्ष र विद्रोही माओबादीबाट धेरै धेरै घटना भएका छन, जसमा मानव अधिकारको चरम उल्लंघन भएको छ । धेरै निर्दोष निहत्था जनता मारिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग भएका, आˆनो थलोबाट विस्थापित हुन पुगेका छन् । त्यों क्रम माओवादीबाट अहिलेसम्म पनि कुनै न कुनै रुपमा जारी छ । माओवादीको सिको गर्दै जन्मिएका दर्जनौ भूमिगत समूहहरुले त्यसलाई निरंन्तरता दिएका छन् । हत्या, अपरहण, धम्की, जबरजस्ती चन्दा असुली जस्ता घटना नेपालका लागि सामान्य भइसकेको छ । र, दण्डहीनता शासन प्रणालीभित्रको एउट अभिन्न अङ्ग जस्तै भै सकेको छ । दोषीको अपराध छानबिन गर्ने, पक्राउ गर्ने, कारवाही गर्ने, फैसला गर्ने तमाम निकायहरु कुनै न कुनै रुपमा अपराधीलाई जोगाएर अपराधलाई प्रोत्साहन गर्ने खेलमा सहयोगी भएका छन् । यसका लागि आˆनो अनुकूल हुने गरी विभिन्न सम्झौता वार्ता गरेर मानव अधिकार उल्लंघन गर्ने र मानवता विरोधी अपराध गर्ने दोषीलाई जोगाउने काममा राजनीतिक पार्टी र सरकारले आधारशिला तयार गरिदिएका छा् । त्यों वार्ता वा सम्झौतालाई आफू अनुकूल हुने गरी गलत ढंगले व्याख्या गर्दै आˆनो पक्षलाई जोगाउने काममा राजनीतिक पार्टी, सरकार र देशको प्रशासन समेत लागिपरेका छन् । यो कुरा नेपालको लागि अति नै दुर्भाग्यको कुरो हो । २०४६ सालको आन्दोलनपछि मल्लिक आयोगले दोषी ठहर्याएर कारवाहीका लागि सिफारिश गरिएकाहरु पछि ठूला ठूला पदमा आसीन हुन पुगे । पैसा, पावर र सत्ताको खेलको भुमरीमा त्यों मल्लिक आयोगको प्रतिवेदन त्यत्तिकै सेलाएर गयो । त्यसपछि राजनीतिक पार्टी, कर्मचारी, व्यापारी सबैमा जे गरे पनि हुन्छ भन्ने प्रवृतिको विकास भयो । भ्रष्टाचार मौलाउादै गयो । दण्डहीनता र अराजकताले अहिले समस्त देशलाई नै तहसनहस पारेको छ । २०६३ को रायमाझी आयोगको प्रतिवेदन त्यत्तिकै थन्किनु र उक्त प्रतिवेदनले दोषी किटान गरेकाहरुलाई कारवाहीको साटो पदोन्नति र पुरस्कृत गरिनु त्यही दण्डहीनताको नै निरन्तरता हो । निर्दोष जनता विद्रोही पक्ष र राज्य पक्षबाट मारिए । बेपत्ता पारिए । विस्थापित भए । शारीरिक र मानसिक रूपले प्रताडित भए । यस्तो गम्भीर प्रकृतिको मानवता विरोधी अपराध र मानव अधिकारको चरम उल्लंघनमा सामेल भएकाहरुलाई फौजदारी कानून अन्तर्गत हदैसम्म सजाय दिनुपर्नेमा बृहत् शांति सम्झौताको गलत ब्याख्या गर्दै छुट दिादै जानु भनेको आधुनिक मानवीय सभ्यता, कानुन र मानव अधिकारको उपहास हो । कुनै पनि शांति सम्झौता, संधि वा मिलापत्रले मानवता विरोधी अपराध र मानव अधिकारको चरम उल्लंघन गर्नेलाई माफी दिन सक्दैन । राजनीतिक आस्थाको आधारमा लागेको मुद्दाको विषय अलग कुरा हो । न्याय प्रशासन र अदालत एउटा स्वतन्त्र निकाय हो । देशमा कानुनको पालनको लागि, दण्डहीनताको अन्त्यका लागि र एउटा सभ्य समाज निर्माणको लागि अदालतको भूमिका अत्यंत महत्वपूर्ण हुन्छ । त्यसमा पनि सर्वोच्च अदालत भनेको सम्पूर्ण न्याय प्रणालीको नेतृत्व गर्ने निकाय हो । यस्तो निकायले एक पछि अर्को गर्दै मानव अधिकारको उल्लंघन गर्ने र मानवता विरोधी अपराध गर्नेहरुलाई छुट दिदै जाने हो भने दण्डहीनता ले अझै बढ्ने मौका पाउने छ, अपराधीहरुको मनोबल अझै बढ्ने छ, राजनीतिको नाममा हुने हरेक अपराध र मानव अधिकारको उल्लंघनको घटनाले हरेक पटक छुट पाउने किसिमको गलत नजीर स्थापना हुनेछ । त्यसैले अदालत जस्तो गरिमामय संस्थाले कुनै राजनीतिक प्रभाव, दबावमा नपरी मानव अपराध उल्लंघन गर्ने र मानवता विरोधी अपराध गर्नेहरुलाई सजाय दिएर दण्डहीनतालाई अन्त्य गरोस् भन्ने चाहना समस्त न्यायप्रेमी जनताले राखेका छन । जनताको चाहना र मानव अधिकारको विश्वव्यापी मान्यतालाई नेपालको न्याय प्रणालीले सम्बोधन गर्नु नै नया नेपाल निर्माणको पहिलो खुड्किलो हो ।
 

 
neeraj kumar   [From: barhathawa, sarlahi ]:
 
 
ए नेकपा माओबादी का अध्यक्ष्ले हालै बिराटनगर मा गर्नु भएको भाषण आफै मा विरोधाभाष पूर्ण र सतही मात्र देखिन्छ/ एकातिर उहा बर्तमान सरकार ढल्न दिन्नौ भन्नु हुन्छ अर्को तर्फ प्रधानमन्त्रि को हाल को अवस्था लाइ मध्ये नजर राख्दै गृह मन्त्रालय छाडन तयार हुनु हुन्न/ त्यसैगरी प्रतिक्रियाबादीहरु वर्तमान गठबन्धन लाइ असफल पार्न कम्मर कसेर लागेको स्वीकारोक्ति पनि उहा ले गर्नु भएको छ भने, एमाले ले ७ बुंदे सहमति लाइ स्वीकारेन भने सरकार ढल्छ भनि आफै भन्नु हुन्छ/ समस्टिगत रुप मा भन्ने हो भने अब नेपाली जनता ले नेता हरु को बोलि र काम गराई मा बिश्वास गर्ने ठाउँ नै देखिन्न/ देश भित्र का सबै पार्टीहरु लाइ केलाएर हेर्ने हो भने हाम्रो जस्तो उदाहरण बिरलै पाईएला/ आफ्नु पार्टी को सरकार ढल्ने पनि यहि छन् भने आफै ले प्र म प्रस्ताव गरेका व्यक्ति ले ४०० करिब मत ल्याउँदा पनि प्रस्ताव नै फिर्ता गरि खुच्चिंग भन्ने पनि यहि छन्/ देश मा साधारण केहि भयो वा हुन् लग्यो भने कुदेर दिल्ली जाने पनि यहाँ कै नेता को बिशेषता रहेको छ भने जनता ले न पत्याएर चुनाउ हरेकाहरु एक ताका कुख्यात भूमिगत गिरोह को रुपमा रहेर किंग मेकर हुन् खोज्दै छन्/ यस्तो अवस्था मा देश को राजनीतिक बस्तुस्थिति संग राम्ररी परिचित एनेकपा माओबादीले सरकार गठन मा देखाएको सदासयता लाइ जारि राख्दै निकास दिनु उचित हुन्न र? उता प्र म ले सानो गल्ति (एक्लै सहमति) गरेकै भरमा उहा ३५० भन्दा बढी सांसदहरुले चुनेको प्र म नै होइन भनि भन्न मिल्ला र? यस सन्दर्भ मा एमाले पार्टी ले पनि गहिरिएर सोच्नु पर्ला कि? हरुवाहरु ले पार्टी कब्जा गरेको हाल को स्थिति मा एमाले ले फेरी भोट माग्न जानु पर्दैन कि क्याहो? अर्को ठुलो पार्टी काँग्रेस ले पनि आफ्नु सरकार बन्न न सक्ने अहिले को अवस्था मा अब के गरि निकास दिने त्यता तिर सोच्नु आवश्यक भएको जस्तो लाग्छ/ देशमा २८ पार्टी भए पनि संबिधान न बनाको र शान्ति प्रक्रिया लाइ तार्किक निष्कर्ष मा पुर्याउने कार्य न गरेको भनि सम्पूर्ण नेपाली ले तोक्ने दल हरु त यिनै एनेकपा माओबादी, एमाले र नेपाली कांग्रेस नै हुन् नि..... सबै लाइ चेतना भया... .........नीरज, सर्लाही बरहथवा
 

 
abdul aziz ansari   [From: ]:
 
 
मान्छे खाली बसेर गर्नु पर्ने काम गरेन भने मेरो ठोकुवा छ, उसले नगर्नु पर्ने काम अथवा गलत काम गर्न बाध्य हुन्छ । हामीले सुनेका छौं, बेरोजगारीले गर्दा द्वन्द्व, लडाञी, मारकाट हुन्छ । अहिले नेपालमा यही समस्या छ । यहााका केही मान्छेहरूले आफूले गर्नु पर्ने काम नगरेर बस्दा नगर्नु पर्ने काम गर्नु परेको छ । उनीहरू हतियार उठाउने जस्ता काममा सामेल भएका छन् । एउटा कुरा मानिसले सम्झन पर्छ, हरेक समय बराबर हुादैन । जस्तो कि हामीले एउटा ढुङ््गालाई माथि फाल्यौं भने त्यो ढुङ्गाको एउटा सिमा छ, जहाासम्म गएर फेरि तलतिर आउाछ । मान्छेको जीवन र राज्यको शान्ति र द्वन्द्व पनि यस्तै हो । अहिले नेपालको द्वन्द्व पनि छ । यसको पनि सिमा छ । एउटा सिमामा पुगेपछि यो शान्तिमा परिणत हुन्छ । मान्छेले यसलाई सम्झनै पर्छ् । अब्दुल अजिज अन्सारी
 

 
pitambar khatiwada   [From: ktm jorpati 7 ]:
 
 
नमस्कार, म गोरखापत्र दैनिकको नियमित पाठक हो I म हरेक दिन इन्टरनेट मार्फत गोरखापत्र पढ्ने गर्दछु र कहिले कहीं एसका पेजहरु उल्टा पाल्टI गरेर राखिएको हुन्छा जसले गर्दा पाठक बर्गमा असुविधा पुग्न गएको छ येसलाई प्राबिधिक बर्गले सुधार्नु पर्ने जस्तो देखिन्छ एदी येसो गर्न सकेको खण्डमा हामी जस्ता पाठक बर्गले राहतको अनुभव गर्नेथिऊंI
 

 
kaushila Gurung   [From: ]:
 
 
नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी देश होइन र ? अनि किन नेपालमा नै खानेपानी लोडसेडिङ हुन्छ ? नेपालमा एउटा पनि नदी छैन र ? आˆनै देशमा यति धेरै नदी वा जलस्रोत हुादा हुादै पनि भारतबाट बिजुली ल्याउनु पर्छ ? अर्काको पैंचो मागेर कति दिन छाक टार्ने हो ? किन नेपालमा गर्ने नसकेको हो र ? हुादा हुादा दिनको बल्ल बल्ल १० घण्टा आउाछ । त्यो पनि चाहिने समयमा आउादैन । कस्तो बिडम्बना हाम्रो देशको ? किन यो देशमा लोडसेडिङ केही गरे पनि हटाउन सकिादैन ? नेपालीहरूले अझ धेरै दुःख पाउनु पर्ने ? देश झन झन गरिब हुादै छ तर नेपाली नेताहरूले किन नबुझेको ? कि नेपाल देश नै होइन ? राणाशासन गयो । पञ्चायत गयो । बहुदल गयो । अब देश कतै ... ? हुने त होइन ? कति अर्काको देशसाग मात्र हात फैलाउनु ? कि नेपाललाई माग्नेको देश बनाउने ? यो त नेपाली जनतालाई दिएको सजाय भएन र ? ?
 

 
abdul aziz   [From: ]:
 
 
विकासको नारा लगाउनु मात्र होइन, व्यवहारमा उतार्नु मुख्य कुरा हो । नेपालमा आज वा आजभन्दा पहिले नारा मात्र सुनियो । व्यवहारमा उतार्न कतिले मन्चमा हात हल्लाए तर अफसोसको कुरा आजसम्म कोही पनि सफल भएका छैनन् । म यहाा कतारमा हेर्दा त मेरो नेपालमा यो भन्दा लाख गुना विकास पूर्वाधार छन् तर विकास भन्ने कुरा छैन । यति म पूर्ण विश्वासका साथ भन्छु, हामीले यसको आधा विकास गर्‍यौं भने पनि यहााको तुलनामा दोब्बर विकास हुन्छ । म मान्छु, यहाा इन्धनको खानी छ त के हामीसाग इन्धनभन्दा कम पूर्वाधार छ ? हाम्रो नेपालमा विकासको लागि गर्नुपर्ने कुरा निम्न रहेका छन् ः १. सबभन्दा पहिले त विद्युत् पूर्ति गर्न पर्छ । २. नेपालमा भएका हरेक अशिक्षितलाई शिक्षित बनाउनुपर्छ र शिक्षित भएर अशिक्षित जस्तो काम गर्नेलाई राम्रो बाटोमा ल्याउनुपर्छ । ३. सरकारसाग पूाजी कम छ भने हरेक जनताबाट सामानको मूल्य बढाएर होइन, कर जस्तै अलग विकासको लागि भनेर लिन पर्छ । लिनुभन्दा पहिला जनतालाई उक्त रकम सही तरिकाले प्रयोग हुनेछ भन्ने पूर्ण विश्वास दिलाउनुपर्छ ।
 

 
Anuj   [From: lahan ]:
 
 
Sir Namaste. I am telling to Gorkhapatra sanastan to If you are Updatd Gorkhapatra in PDF than check all the pages. Because We download but some page are blank so if you update in our site than give good sevice don't cheat us.
 

 
Ishwor Devkota   [From: ]:
 
 
जातीयताको नारा गौरव कि पर्खाल ? रोज्ने स्वतन्त्रता सबैमा छ । त्यसो त देशमा प्रजातन्त्र हुर्किएको पनि त आधा शताब्दी बितिसकेको छ । समयसागै अनेक परिवर्तन हुादै आए, जसमा क कसले के के रोजे, त्यो इतिहास बनेर हाम्रो सामु प्रष्ट नै छ । पछिल्लो समयमा हामी समानता र समावेशी नयाा नेपाल रोजिरहेका छौं । यस बिचमा एउटा नजानिादो गल्ती रोजेका रहेछौं, जातिवाद । दशक लामो युद्ध लडेको माओवादी, जनआन्दोलनका सहयात्री सबै दल, नागरिक समाज, सदिऔादेखि पिछडिादै आएका लाखौं लाख आदिवासी जनजाति, दलित, गरिब हु वा निमुखा सर्वसाधारण, सबै समावेशी संविधानको पर्खाइमा रेहका बेला भित्रभित्रै जातीयताको आगो झोस्ने दुस्साहस भइरहेको छ । सयौं वर्ष अघिदेखि कुनै एक पारिवारिक सामन्ती संस्कारको थिचोमिचोमा परेका लाखौा लाख आदिवासी जनजाति दलित एवं पिछडा वर्गको पीडाको अझै सम्बोधन भएको छैन । सङ्घीयताको नारा लिएर चुनावमा होमिने कतिपय आफूलाई अग्रपङ्क्तिका ठान्ने राजनीतिक दलहरुले जातीय सङ्घीय राज्यको आभासा हुने खालका परिभाषा अगाडि ल्याएर जनमानसमा फाटो ल्याउने बिउ रोपिसकेका छन् । देश टुक्र्याउने चाहना कसैको नहोला तर सङ्घीयताभित्र रोप्न खोजिएको जातिवादको बिउबाट अमृत फल्ला भनेर यति सजिलै आश गर्न सक्ने स्थिति कहाानेर छ र ? म नेपाली हुनुमा गर्व गर्छु । तपाईंमा पनि त्यही गर्व छ । सबै नेपालीमा यही गर्व हुने आशा र विश्वास हामी गर्न सक्छौं । त्यसो त कहिले काहिा हामी अमेरिकामा जन्मिन पाएको भए के के न गरिहाल्थ्यौं भनेर गफ चुट्न पनि पछि पर्दैनौा । नेपाल, भारत, जापान, अमेरिका, क्यानाडा, इथियोेपिया, सोमालिया, केन्या वा तान्जानिया, जहाा जन्मे पनि आफू जन्मेको देशप्रति एक सच्चा नागरिकको हैसियतले उक्त देशमा जन्मिनुमा गर्व नै गर्नु हुन्छ । नेपालमा जन्मिादा दक्षिण एसियामा जन्मनुको गर्व होला, स्विट्जरल्याण्डमा जन्मेकालाई युरोपेली हुनुको गर्व होला । अमेरिकी, अपि|mकी, अष्ट्रेलियाली सबैमा आफू सो क्षेत्रमा जन्मिनुको गर्व होला । प्रगति र उन्नति जुन देशमा जे जति भए पनि सबैलाई जन्मभूमिको माया र गर्व पक्कै हुन्छ । अझ फराकिलो हिसाबमा सोच्ने हो भने त मानिसले विशाल पृथ्वीलाई घर ठानेर गर्व गरिरहेका हुन्छन् । मानव भएकै नाताले हामी सदिआंैदेखि प्रकृतिलाइ समेत आˆनो नियन्त्रणमा राखेर शासन गरिरहेका छौा । यसको अर्थ पूरै प्रकृति मानव नियन्त्रणमा छ भन्न खोजेको भने होइन । यसमा पनि हामी मानव हुनुको गर्व छ । एकजना मानवल पृथ्वीमा पाइला टेक्दा पक्कै पनि यी सबै गर्व गर्ने ठाउा पत्ता लगाएर आएको हुँदैन । यस्तोमा खोज्न थालौं त एक पटक जातीय परिचय । समाज, समुदाय, गाउँ, नगर, जिल्ला, अञ्चल, विकास क्षेत्र यी सबै अंगहरु हाम्रो देशको सिंगो संरचना भित्र पर्छ । यसमा पनि हामी आप\mनै तरिकाले गर्व गर्दछौं । नेपालमा मात्र होइन यस्तै खालका अनेक संरचनामा देश रहेको हुन्छ त्यसैमा त्यस देशका हरेक नागरिकले आफुलाइ गर्ववान्वित ठानेको हुन्छ । यहाँसम्म हामीलाइ कुनै जातिको आधारमा गर्व गर्नुपर्ने ठाउँ देखिएको छैन । जातिय अस्तित्वका बारेमा गर्व गर्ने कुरा बेग्लै हेा । आज आएर एउटा पर्खाल बन्दैछ यही जातियताका इटाहरुबाट । विश्व मानव इतिहासमा जातियताका अनेक पर्खालबारे पढ्न पाइन्छ । यस्ताे पर्रखाल छालाको रंग, शारिरीक बनावट, कार्य दक्षता, क्षमता, बहादुरी वा भुगोलकै आधारमा बााडिएको जातिय परिचयले मानव समुदाय विच बर्षौ अगाडी देखि सम्बन्ध विस्तार भन्दा पनि बढि सामाजिक विभेद र शोषण मौलाउने वातावरण सिर्जना गरिरहेको छ । अनेकौा युद्ध यस्तै विभेदबाट सुरु भएका थिए । हामी आफैले पनि भोगेका छौं । मानव जाति हुनुमा गर्व गर्न छोडेर हामी अापफनो सोचलाइ साघु–याउँदै छालाको रंग, शारिरीक बनावट, कार्य दक्षता, क्षमता, बहादुरी वा भुगोलकै आधारमा जाति खडा गरिरहेका छौं । त्यति मात्र होइन एक जाति र अर्को जातिको स्तर पनि निर्धारण गरेका छौं। किनभने कसैलाइर होच्याएर आफु ठूलो हुनमा हामी गर्व गर्ने भइसकेका छौा । हाम्रो प्रगति अरुको काँध चढेर फल टिप्नु हो । अनि काँध थाप्नेलाइ खिस्याएर पफल खाने भएका छैां सबैकाे रगत रातै भए पनि जातीय माला गलामा भिरेर आफु आफुमा विभाजनको घण्टी बजाउँदै हिँड्ने हेा भने नेपाली समाजको भविष्य कस्तो होला ? विचार गर्ने फुर्सद कसैलाइ छैन । त्यही जातीय माला भोली गलपासो बनेर हरेकको घाँटी कस्ने स्थितिको सिर्जना नहोला भन्न सकिदैन । सबैले आप\mनो जातीय राज्य संरचनाको सपना बोकेका छन् । यी र यस्तै चर्का नारा र भाषणले मञ्च, मिडिया अनि आम जनतामा छाउने मोका पाएको छ अहिले । सडक अनि भित्ता जातिय झण्डा पम्प्लेट अनि पोष्टरले रंगिएका छन् । कसैले म सेतो छाला मा जन्मन्छु भनेर जन्मिने हेाइन । बाहुनको कोख खोजेर केाही जन्मिएको पनि होइन । न मगरको काेखमा जन्मन पाउँ भने काेही जन्मिएकाे हाे । तराइ, पहाड, मधेस, हिमाल कतै पनि आफुलाइ सहज भएर रोजेर हामी काेही जन्मेको त होइनाैं । त्यसैले याे जातीयताकाे नारा लगाएर बस्रनु देश र जनताकाे हितमा छैन । दशक लामो युद्ध सदाका लागी समाप्त गर्ने चाहना बोकेका यि नेपाली माझ संविधान निर्माणको प्रवि|mया लम्बिदै जाादा अर्को जातिय युद्ध निम्तेला कि भन्ने ठुलो डर छ । अस्थिर छ राज्य सत्ता, राजनितिक भागबण्डामा हिसाब किताब गर्दैमा फुर्सद छैन चुनिएका जनताका प्रतिनिधिहरुलाइ । एक थोपा रगत रहुन्जेल लडेर ल्याएको गणतन्त्र जातिय युद्ध मोर्चामा धकेलिने अवस्थामा हामीले समान्य रुपमा किन सोच्न सक्दैनौा मानव एक आफैमा गौरव गर्ने जाति हो । महिला र पुरुष प्रकृतिक जाति हाम्रो पहिचान । देश हाम्रो पहिचान । नेपालि जाति हुनुको गौरव । त्यो भन्दा अरु खोज्ने हो भने अब पुर्खाको होइन आप\mनो परिचय आफैले स्थापित गरो अनि हामी असल आदिवासि बन्ने छौ जो आप\mनो जन्मदिने कोखको सम्मान गर्न सक्छ, गौरव गर्न सक्छ हरेक पाइलामा ।
 

 
kaushila Gurung   [From: ]:
 
 
एक ठाउँमा पुल बनाउने भन्दैमा अर्काे ठाउँकाे मान्छे नै डुबानमा पारेर सधैं भाेकमरीमा पार्न त भएन नि। के हाे जसलाइ जे मन लाग्याे त्याे गर्दा हुन्छ भन्ने लागेर हाे कि नेपाल सरकारले नै वास्ता नगरेर हाे । जहिले नि नेपाली जनताले अर्काकाे थिचाेमिचाे सहनु पर्ने । याे त सह्य भएन नि । नेपाल सरकारका अाधिकारिक ठाउँमा बस्ने नेताज्यूहरू । कुर्सीकाे दाैडमा नेपाली जनतालाइर् कति दिन अर्काकाे दास बनाउने ? अब त साेच्ने समय नि अायाे हाेला नि । कुर्सी याे तेराे र याे मेराे भन्दै बसेर भएन नि अब त । जनताका लािग नि साेच्ने गर्नुस् है । यस्तै हाे भने याे अचाक्लि धेरै िदन नेपाली जनतासामु रहँदैन है । बेलामा साेच्नुस् । पछि पुर्पुराेमा हात राखेर बस्नु पलार् । अर्काले जे जरे नि थाहा नपाए जसरी गरेर कति दिन बस्ने हाे ? याे त अति भाे ।
 

 
Basanta Rajbahak   [From: Kathmandu ]:
 
 
होइन यी हाम्रा दल तथा नेताहरु एक-आपसमा आरोप-प्रत्यारोप मै समय खेर फालिरहनु देश र जनताको हितमा छ ? के उनीहरुलाई यसरी नै सत्ता र भत्ताको लागि लडिरहन हामी जनताले उनीहरुलाई भोट हालेका हौँ ? के देश र जनताप्रति उनीहरुको कुनै उत्तरदायित्त्व छैन ? खाली मेरो गोरुको बाह्रै टक्का आलाप अलापेर बस्ने ? के उहाँहरुमा अलिकति भए पनि नैतिकता र इमान्दारिता छ भने अब त केही गरेर देखाउनु परयो |
 

 
Neeraj Kumar   [From: ]:
 
 
माघ १३ गतेको गोरखापत्रमा श्री शम्भु श्रेष्ठको हाम्रो गन्तब्य....... टिप्पणी सटिक र यथार्थ परक भए पनि खोइ कुनै नेता पढ़लान् र ? किन कि उहाँ आफैले देश र जनताको लागि सोच्ने नेता हामीले पाउन सकेनौ भनी स्वीकार गरि सक्नु भएको छ । हाम्रा नेताहरू त प्रधानमन्त्रि को चुनाउ सदनमा हुने बेला विदेशतिर कुदनु हुन्छ, कि सदनको भोटिंग समय भिडकाउन आफ्नो दलको बैठक लम्ब्याएर सांसदलाइ थुनेर राख्नु हुन्छ । फेरि आफ्नो पार्टीको सरकार हुँदा पनि राजिनामा माग्ने वा सरकार गिराउने खेलमा पनि हाम्रै नेताहरु बढी सफलतापूर्वक खेल्न सक्छन । अर्कोतिर देश गरिब छ भन्दा भन्दै पनि ५० सौ जना को मन्त्री मण्डललाई, त्यो पनि काम चलाऊ सरकारको लागि निरन्तरता दिनु लाई कसरी जायज मान्ने ? मन्त्रीहरू ले १० पासहरु लाई कम्पनीको बोर्डमा लानु पनि स्वाभाविक नै हो । अत यी सबै बिकृतिहरु भोग्नु नेपालीको नियति नै भैसकेको छ र सोभन्दा फरक भएमा मात्र आश्चर्य मान्नुपर्ला । र, अन्त्यमा दुनिया हँसाउने कार्य निरन्तरतापूर्वक गर्न सकेकोमा हाम्रा नेताहरुलाई साधुवाद भन्ने पर्ला/ ......नीरज, बरहथवा सर्लाही
 

 
रामकुमार बन्जाड&   [From: ]:
 
 
फेरि एकपटक मनको दियो बलेको छ । नेपालीहरू विगतमा भन्दा अझ बढी आशावादी र विश्वस्त भएका छन् । किनभने, चितवन शक्तिखोरमा गत शनिवार आयोजित विशेष समारोहमा माओवादी सेनाका लडाकूहरु विधिवत रूपमा विशेष समितिको मातहतमा आएका छन् । माओवादी सेनाका लडाकूहरूको रेखदेख, समायोजन र पुनःस्थापन विशेष समिति मातहत आएको घोषणा भएपछि आमनेपालीको दृष्टिमा 'सन्देहास्पद भविष्य' बोकेको शान्ति प्रक्रियाले सकारात्मक दिशामा नयाा र आशलाग्दो फड्को मारेको छ । घोर निराशाको रसातलमा जाकिादै गरेका आमनेपालीको भविष्य उज्यालोतर्फ डोरिादै गरेको छनक दिने आशादीप प्रज्ज्वलित भएको अनुभव गरेका छन् । शनिवारको घटनाले शान्ति प्रक्रियाको बाटोमा विद्यमान एउटा अप्ठ्यारोलाई सप्ठ्यारोमा परिणत गरेको छ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको टिप्पणी छ- लडाकूहरू विशेष समितिमा व्यावहारिक रूपमा आउन ढिला भएको थियो । अब औपचारिक रूपमा आएकाले यसले शान्ति प्रक्रियाका अरू पक्षहरूलाई अगाडि बढाउन बाटो खोल्न मार्ग प्रशस्त गर्दछ । ढुङ्गाना मात्र होइन, अन्य थुप्रै स्वदेशी तथा विदेशी बुद्धिजीवीहरू शनिवारको घटनाबाट निकै आशावादी भएका छन् । मित्रराष्ट्रहरूमध्येको अमेरिकाले घटनाको लगत्तै त्यसको स्वागत गर्दै नेपाली नेताहरूलाई बधाई दिएको छ । हो, अब राजनीतिक दल तथा दलका नेताहरूको प्रमुख दायित्व हो, शान्ति प्रक्रियाका अरू पक्षहरूलाई अगाडि बढाउन बाटो खोल्नु । यसमा निर्विवाद रूपमा नेपाली नागरिकहरूले पनि मन, वचन र कर्मले साथ दिने छन् । गएको आइतवार राष्ट्र प्रमुख र सरकार प्रमुख बिचको नियमित भेटघाट क्रममा राष्ट्र प्रमुखले माओवादी लडाकू विशेष समिति मातहत आएकोमा खुशी व्यक्त गर्नु भएको छ । सङ्क्रमणकालीन एवम् अत्यन्त तरल राजनीतिक परिस्थिति रहेको बेला राष्ट्र प्रमुख शान्ति प्रक्रियाप्रति चिन्तित रहनु अस्वाभाविक होइन । त्यस माथि यस बिच सार्वजनिक भएका संवेदनशील समाचारहरूले पनि राष्ट्र प्रमुखलाई अप्ठेरो स्थितिमा पुर्‍याएको थियो । माओवादी लडाकू विशेष समिति मातहत भएपछि शान्ति प्रक्रियामा विद्यमान अन्योल समाप्त भएको विश्वास पनि राष्ट्रपतिले राख्नु भएको छ । पछिल्लो राजनीतिक विकास क्रमले 'शान्ति प्रक्रिया धरापमा छ' भन्ने मानसिकता सकारात्मक धारमा रूपान्तरित हुने अपेक्षा पनि गर्न सकिन्छ । नेपालका बहुसङ्ख्यक बुद्धिजीवीहरू बीच 'नेपालको शान्ति प्रक्रिया धरापमा छ' भन्ने भनाइ थेगो नै भइसकेको छ । अनमिनको बहिर्गमनलाई पनि बहुसङ्ख्यक बुद्धिजीवीले शान्ति प्रक्रिया धरापमा परेकोसाग गाासेर हेर्न मन पराउने गरेका छन् । अनमिन फिर्तीलाई एकीकृत नेकपा -माओवादी) ले समेत नरुचाएको कुरा त उक्त पार्टीले अन्तिम क्षणसम्म पनि अनमिनको म्याद थप्न गरेको कसरतबाट पनि पुष्टि हुन आउाछ । चार-चार वर्षको बसाइ पछि शान्ति प्रक्रियालाई कुनै तार्किक निष्कर्षमा नपुर्‍याई अनमिन नेपालबाट र्फकनु निर्विवाद रूपमा सुखद पक्ष होइन । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को निर्णय मुताबिक चार वर्ष अघि २००७ जनवरीमा नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने राष्ट्र सङ्घीय विशेष राजनीतिक नियोगका रूपमा अनमिनको स्थापना भएको थियो । विस्तृत शान्ति लगायतका सम्झौताका आधारमा नेपाली सेना तथा माओवादी सेना तथा हतियारको अनुगमन, हतियार तथा सेनाको व्यवस्थापन र युद्धविराम सम्झौताको अनुगमनमा सहयोग गर्ने कार्यादेश साथ स्थापना भएको अनमिनको म्याद सात पटकसम्म थपियो । सातौं पटक थपिएको म्याद माघको पहिलो सातामा सकेर अनमिन नेपालबाट र्फकने निश्चित भएपछि नेपाली राजनीतिक विश्लेषकहरूमध्ये कतिपयले अकल्पनीय घटना हुन सक्ने भविष्यवाणीसहित विभिन्न टीकाटिप्पणी पनि नगरेका होइनन् । भयावह स्थिति सिर्जना हुनसक्ने आशङ्का पनि व्यक्त गरिएकै हो । अनमिनका तत्कालीन प्रमुख करिन ल्यानग्रेनद्वारा राष्ट्रसंघीय सुरक्षा परिषद्मा प्रस्तुत प्रतिवेदनका केही कुराले नेपाली राजनीतिक वृत्त तरङ्िगत मात्र भएको थिएन, आशङ्काको घना बादल पनि मडारिएको थियो । फलस्वरूप अनमिन फर्केपछि नेपालमा अपि्रय घटना हुने त्रासले आमनेपालीको मनमा वास गरेको थियो । शान्ति प्रक्रिया भताभुङ्ग नै हुने भयो भन्ने डर पनि कसै कसैमा पैदा भएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमले भने नेपालीहरूको मनोबललाई नै उच्च बनाएको छ । किनभने अनमिनको बहिर्गमनपछि 'आकाशै खस्ला कि ?' जस्तो गरी गरिएको आशङ्का गलत साबित भएको छ । अनमिनको चार वर्षको बसाइमा नभएको, माओवादीको नेतृत्वमा सरकार भएको बेला सम्पन्न हुन नसकेको काम अहिले भएको छ । शिविरमा रहेका लडाकूहरू राष्ट्रिय झण्डामुनि आएका छन् । लडकूहरूले अब समायोजन वा पुनस्र्थापनामध्ये एउटा बाटो रोज्न पाउने भएका छन् । नेपालको शान्ति प्रक्रियाले सकारात्मक दिशामा गतिलो फड्को मारेको छ । यो निर्विवाद रूपमा वर्तमान सरकारको ठूलो सफलता हो । शान्तिप्रक्रिया मार्गच्यूत हुन नदिने वर्तमान सरकारको प्रयास सफल भएको छ । माओवादीको सरकार छादा सेना समायोजनको कुरो उठाएको भए यथार्थमा उक्त पार्टी सेना समायोजनप्रति वास्तवमा नै इच्छुक नभएको त विगभका घटनाहरूले नै देखाएको छ । माओवादी पार्टीलाई डर छ, कतै सेना समायोजन भयो भने आˆनो ठूलो शक्ति समाप्त हुने त होइन ? शक्तिखोरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले उल्लेख गर्नुभएको थियो- 'हाम्रो शान्ति प्रक्रिया विश्वकै लागि नितान्त नौलो र आˆनै किसिमको छ । हामीले आˆनै प्रयत्न र पहलमा मौलिक रूपमा शान्ति प्रक्रिया आरम्भ गरेका थियौं र यसलाई यस्तै मौलिक रूपमा हामी सार्थक निष्कर्षमा पुर्‍याउन चाहन्छौं ।' शक्तिखोर उपलब्धिलाई यस्तै एउटा उपलब्धिको रूपमा लिन सकिन्छ । कामचलाउ सरकारका प्रधानमन्त्री भनेर अवमूल्यन गरिएका प्रधानमन्त्रीले एउटा ऐतिहासिक युगान्तकारी काम गरेर देखाएका छन् । यसका लागि प्रधानमन्त्री नेपाल र वर्तमान सरकार दुबै नै साधुवादका पात्र छन् । एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोही समारोहमा उल्लेख गर्नुभएको सेना समाचायोजन र पुनस्र्थापनाका थुपै काम सम्पन्न गर्न अझ बााकी नै छन् । नेपालका सम्पूर्ण राजनीतिक दलहरू, आमनेपाली जनता, जनमुक्ति सेना, नेपाली सेनालगायत समग्र सुरक्षा निकायहरू, सबैको प्रयासबाट उपरोक्त जिम्मेवारी पूरा गर्न सकिने कुरामा हामी विश्वस्त छौं । माओवादी लडाकूको समायोजना तथा पुनस्र्थापना शान्ति प्रक्रियाको सबैभन्दा संवेदनशील तथा जटिल पक्ष रहेकोमा विवाद छैन । शक्तिखोरले लडाकू समायोजन तथा पुनस्र्थापनाको दिशामा एउटा 'आइसब्रेक' गरेको टिप्पणी सही हो । यसमा पनि एउटा शंका भने कायमै छ । 'जनविद्रोह' को निर्णय गर्ने माओवादीले सााच्चिकै शान्ति प्रक्रियालाई आत्मसात गर्छ त ? माओवादीले 'उपयोग गर र फाल' को सिद्धान्त अपनाउने गरेका छन् । अहिले विशेष समितिको मातहत माओवादी लडाकू ल्याउनुलाई माओवादीहरू सत्ता कब्जा गर्ने रणनीति भनेर व्याख्या गर्नेहरू पनि कम छैनन् । किनभने, सत्ता कब्जा माओवादी नेताहरूको पि्रय भनाइ हो । यसर्थ, लडाकू विशेष समिति मातहतमा आयो भन्दैमा कुम्भकर्णे निद्रामा पर्नु भने उचित हाुदैन । त्यसो भएमा नेपालको गणतान्त्रिक लोकतन्त्र नै घरको न घाटको हुनेछ । रामकुमार बन्जाडे, काठमाडौं
 

 
Neeraj Kumar   [From: ]:
 
 
साझा दृष्टिकोण बनाउन न सक्दा बिदेशी चलखेल......... बेला बखतको भाषण पढने हो भने हामीले माने अथवा नमाने पनि हाम्रा नेताहरुलाई देशको सबै समस्याको कारण थाहा रहेछ तर बिडम्बना के छ भने उहाँहरु जस्तो सर्व ज्ञानीहरुले गर्न चाहिँ केही सक्नु हुँदो रहेनछ । आफू र आफ्नो परिवारभन्दा बाहिर हेर्नै नसक्ने चरित्रको बिकासले त बित्यासै पारेकेा छ । हाम्रा मन्त्रीहरू बेला बेला अनाैठाे कुरा गर्न पनि चुक्नु हुन्न । जस्तो उर्जामन्त्रीले हालै भन्नुभया्े– "स्पस्ट विदेश नीति तय नगरेकोले छिमेकबाट फाइदा लिन नसकेको ।" तर उहाँहरुलाई विदेश नीति तय गर्न रोकेको कसले छ त ? त्यसमा पनि परराष्ट्र मन्त्रालय त उहाँकै पार्टीका सहयोगीले लिनुभएकाे छ । अर्को कुरा, जलस्रोत लगायतका मुलभूत बिषयमा केन्द्रित गरी भारतसंग गम्भीर बहस अगाडि बढाउने कुरा मन्त्रीज्यूले भन्नु भएको छ । फेरि उहाँले नै नेपाल भारत सम्बन्धलाई नाराबाजीको रुपमा परिभाषित गर्नुभएको छ । त्यो हो भने गम्भीर बहस भनेको पनि त नाराबाजी नै होला । आश्चर्य छ मन्त्रीज्यु अझै पनि भारतले हाम्रो जलस्रोतको आश गरेर बसेको छ भनी ठान्नु हुन्छ । गएको १०-१५ बर्ष को भारत् को विकास ईतिहास हेर्न फूर्सद निकाल्नु पर्र्यो । अनि भारत र अमेरिकाको परमाणु उर्जा सन्धि पनि बिर्सी हाल्ने बेला भै सकेको जस्तो ठान्नु गलत न होला र ? अब त लाटोले पनि भारत् परमाणु उर्जा को बल मा बिकासलाई डोर् याएर लान समर्थ छ भनी बुझिसकेको छ । त्यसैले यस्तो भाषण कसका लागि हो ? साधारण नेपाली जनताका लागि यो भाषण ले काम, माम दिँदैन । उता अर्का नेता "दुइ छिमेकी संग असल सम्बन्ध बिकाश गर्नु पर्ने" भन्छन् तर हरेक पटक दक्षिण मात्रै धाउँछन् । उहाँबाट राजनीतिक अस्थिरतालाई पनि कारक तत्व भनी सम्बोधन भएको छ । अब अस्थिरताका लागि उहाँ जस्तै राजनीतिज्ञहरु जिम्मेवार छन् भन्ने कुरा नेपाली जनतालाई बुझाउन पर्छ र ? त्यसमा पनि तराईमा बिखन्डनवादी सोचलाई अगाडि बढाएर लैजाने श्रेय खोइ कसलाई दिने होला ? तेस्रा नेता दीर्घकालीन सोचका साथ् सम्बन्ध सुदृढ बनाउनु पर्ने कुरा गर्नु हुन्छ । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने गएको ३० बर्षभन्दा बढीदेखि उहाँ आफै नै कुनै न कुनै रुपमा सत्ताको वरिपरि रहेकै हुनु हुन्थ्यो । अब त्यो भन्दा बढी कत्तिको हो दीर्घकाल ? अनि चौथो नेताज्यू को पार्टी ले चाहिँ भारत को विरोध गर्नु र त्यसलाई मुख्य शत्रु भन्नु नै विदेश नीति भनी परिभाषित गरेको हो कि जस्तो छ । समग्रमा भन्ने हो भने सबैलाइ “ज्ञात छ के गर्नु पर्छ, भनेर तर मैले चाही होइन” (This has to be done but not me) मा रुमलिएका नेताज्यूहरू देश लाइ भाषण अलिक बढी भएन र ? केही भाषण अनिकालको बेलाका लागि पनि जोगाउने कि ? निरज
 

 
Chhejap Lhomi   [From: ]:
 
 
के नेपाल कुर्सी प्रधान देश नै हो त? माघ १ गतेको गोरखापत्रमा सिताराम अग्रहरी द्वारा लेख्नुभएको नेपाल कृषि कि कुर्सीप्रधान देश भन्‍ने लेख पढ्दा नेपालको बर्तमान राजनीतीमा भएको नेताहरुको सत्‍तामा जाने खेलको चित्रन गरेको झै लाग्छ। साच्‍चै नै यहा हरेक तह र तप्कामा, पार्टीमा , त्यसका भातृसंगठनमा, गाउमा, जिल्‍लामा अनि केन्द्रमा जो पनि पदकै लागि मात्र लडीराखेको पाइन्छ काम भने सिन्को भाच्ने होइन। देश हाक्ने दलहरुमा किन गुट र फुट कुर्सीकै लागि। किन सरकार टिक्दैन लामो समय? कुर्सीकै कारण। यति लामो प्रधानमन्त्रीको छनौट प्रकृयाको समाचार पढ्दा र सुन्दा त झन ... भन्दा देख्‍नेलाई लाज भन्‍ने झै हामी सर्बसाधारण जनतालाई वाक्‍क दिक्‍क लागिरहेछ। २०५ को ठाउँमा ६०१ सभासदको के काम १६,१७ पटकमा पनि सरकार दिन नसक्ने संसद भएपछि ? त्यहाँ इमान्दारीको राजनीति गर्नेहरुको कमी भएर पो नेपाली जनताले दुख झेलिराख्‍नु परेको हो कि ? उहिले भन्ने गरिन्थ्याे हरियो वन नेपालको धन । प्रजातन्त्र आएपछि त हरियो वन छैन भन्ने भयो । संघीय लोकतन्त्र अाएपछि नेपाल कृषिप्रधान देशबाट कुर्सीप्रधान देशमा बढुवा हुँदैछ । परमेश्वरले नेपालका नेताहरूलाइ सद््बुद्धि देउन्र ।
 

 
Basanta Rajbahak   [From: Kathmandu ]:
 
 
अब फेरि देश जेठ असारतिर फर्कन लागेन त ? राष्ट्रपतिले फेरि सहमतीय सरकारको लागि दलहरुलाई नयाँ सरकार गठन गर्न आव्हान गरी सहमतिय सरकार बनाउने, नभए पुन: बहुमतीय सरकार बनाउनतिर लाग्न | यसरी त देशले कहिले स्थायी सरकार पाउने र निकास पाउने ? अन्तत: माधव नेपालको सरकारको आयु त झन्-झन् लामो पो भएन र | पहिले त्यै सरकारलाई दुइ -दुइ ठाउंबाट हरेको व्यक्ति प्रधानमन्त्री भएर सत्तामा बसिरहने कुनै अधिकार छैन भनेर कुर्लनेहरु अहिले उसैको आयु बढाउने काम गरिरहेको छु भन्ने किन लाग्दैन ? कि काम चलाउ सरकारले नै देश चल्छ भने किन चाहियो पूर्ण काम चलाउने सरकार ?
 

 
Gopal Dewan   [From: ]:
 
 
गोरखापत्र वर्तमान नेपाली पत्रकारितामा मूर्धन्य पत्रिकाको रुपमा स्थापित भएको छ । साच्चै यो पत्रिका सबै नेपालीको आवाज र विचारको मञ्च बन्न सफल भएको छ । पुरानो दृष्टिमा गोरखापत्र सरकारी मुखपत्र हो तर अहिले यो त्यस्तो देखिन्न । समाचार र विचार (News & Views) दुबैमा समावेशी र सन्तुलित हुन खोजिरहेको छ । बरु, बिग हाउसका ब्रोडसीट पत्रिकाहरु यो वा त्यो दल वा शक्ति केन्द्रसित लहसिएको पाइन्छ । म पनि धरानबाट निस्कने आदिवासी जनजातिको माग र मुद्दा अनि समाचार र विचारमा केन्दि्रत विश्वस्त सूत्र साप्ताहिकसंग अाबद्ध भएको नाताले के भन्दछु भने गोरखापत्र सबै समुदायगत नेपालीको साथी बन्न सकेको छ तर विचारसम्बन्धी लेख रचनामा कतै कतै असन्तुलन देखिएको छ । त्यसलाइ सुधारेर सबै जातीय, भाषिक, समाजिक, सांस्कृतिक अनि धार्मिक समुदायका लेखकहरुका लेख रचनाहरुलाइ समावेश गर्न आवश्यक देखिन्छ । यो पत्रिकाले समावेशीको सिद्धान्तलाइ अवलम्बन गर्दै जुन किसिमले विभिन्न भाषा तथा लिपिमा आधारित विशेष पानाहरु प्रकाशित गर्दै आएको छ, त्यो अत्यन्त सराहनीय छ !!!
 

 
Bhoj Raj Bhattarai   [From: Tansen, Palpa ]:
 
 
नियमित पाठक हुँ पक्कै पनि सम्पादक मण्डलले राम्रो गरेकै आधारमा यति विघ्न यो पत्रिकाले प्रगति गरेको हुनुपर्दछ । मैले नि थोरै प्रतिकि्रया र शुभकामना जोडें । लोकसेवा सामाजिक सन्देश र सूचनाहरु जस्तै एसएलली प्रमाणपत्र तह स्नातक लगायत सवै शैक्षिक क्षेत्रका नतिजा प्रकाशित सामाजिक सन्देश मुलक साहित्यिक कृतिका सिलसिला युगानुसारका सामाग्रीहरु अपडेट गर्दै प्रकाशित हौस् शुभकामना…धेरै धेरै…। अझ धेरै…॥
 

 
c.b.mainali   [From: ]:
 
 
यो लोकपि्रय राष्ट्रिय दैनिकमा विदेशसम्बन्धी समाचार देखिना । कृपया गोरखापत्र अनलाइनमा विदेशको खबर कुन अप्सनमा छ ? तपाईंको उत्तरको प्रतीक्षामा छु ।
 

 
वसन्त राजवाहक   [From: ]:
 
 
श्रीमान सम्पादक ज्यू , आजकल आ.व. ६६ /६७ को नाफा नोक्सान सम्बन्धी विभिन्न बैंक तथा फाईनान्स तथा अन्य कम्पनीहरुको वार्षिक साधारण भटाभट भै रहेको छ यो बेला साधारण शेयर धनीको भ्याई नभ्याई भएको बेला तर ती कम्पनीहरुले दिएका लाभांश र बोनस शेयर वितरण गर्ने कम्पनी प्राय:जसो एलिट क्यापिटल र सिविल क्यापिटल मर्चेन्ट बाट वितरण भैरहेको त सर्वविदितै छ , तर एउटानै कम्पनीले वितरण गर्दा साना-तिना शयेर धनी जस्तै १०- २०कित्ता भएका ५-१० % लाभांश लिनेहरुलाई त निकै मर्का परिरहेको छ | किनभने १००-१५० को लागि घन्टौं लाइनमा बसेर लियो त्यो पनि n 'co चेक ac /पेई चेक दिन्छ | त्यति १००-१५० पैसा लिन दिनभर लागे पछि कसरी शेयर लगानीकर्तालाई लगानी गर्न मन लाग्छ पहिले-पहिले २००-४०० त नगद नै दिइन्थ्यो ।
 

 
Prayesha Amatya   [From: ]:
 
 
पुस १८ गतेको गोरखापत्रको पृष्ठ १५ मा प्रकाशित 'बाबु छोडेर गए, आमाले ...' समाचारको सम्बन्धमा यो लेख्दैछु । कपिलवस्तुका उक्त बालकलाई खाद्यपदार्थ तथा लुगाफाटा पठाउने कुनै माध्यम छ ? हामीले पठाएको सामग्री बालबालिकाले पाए नपाएको खबर पाउन सकिन्छ ?
 

 
टिसिएस इन्टरनेश&   [From: काठमाडौ । ]:
 
 
टिसिएसको ध्यानाकर्षण भएको छ श्री मान् सम्पादक ज्यू, नेपालकै जेठो अनि पुरानो लोकप्रिय अखवार गोरखापत्रको गत शनिबार पुस १० गतेको यसै 'पाठक आवाज' स्तम्भमा साउदी अरबबाट प्रेषित महेन्द्र न्यौपानेको पत्रले हाम्रो संस्थाको ध्यानाकर्षण भएको छ । विगत १८ वर्ष अघिदेखि विदेशमा बस्ने नेपालीहरुका लागि कार्यरत यस संस्थाले पत्रपत्रिका पठाउने कार्य गर्दै आइरहेको छ । आफ्नो काम विशेषले वा अध्ययनको सिलसिलमा नेपाल बाहिर विश्वको कुनैपनि कुनामा हुनु भए पनि तपाईंको चाहना अनुरुपमा नेपाली पत्रपत्रिका, पुस्तक, नेपाली गीत संगीतका भिडियो सिडि आदि हामीले तपाईंहरु सामु पुर्‍याउँदै आइरहेका छौं । साउदीबाट प्रेषित महेन्द्र न्यौपानेका लागि मात्र नभै विश्वभरि छरिएर बस्नु हुने सम्पुर्ण नेपालीहरुले सहयोगको लागि हामीसँग सम्पर्क गर्नुभए हामी नेपालको राजनैतिक, सामाजिक, आर्थिक घटनाक्रमहरुलाई तपाईंहरु समक्ष पुर्‍याइदिने वाचा गर्दछौं । सम्पर्क ठेगानाः tcsintl@yahoo.com, फोन नं. ९८५१०५४७६५ - टिसिएस इन्टरनेशनल, चागल मार्ग, पोबनं. ४३५५, काठमाडौं । इमेलः tcsintl@yahoo.com website: www.tcspublication.webs.com
 

 
Basanta Rajbahak   [From: Kathmandu ]:
 
 
कुनै पनि संस्था वा विभागको उन्नति र प्रगतिमा त्यहाका जी.एम. वा अध्यक्षको प्रमुख भूमिका हुन्छ त्यस्तै देश र जनताको हक हित र सुरक्षाको जिम्मा राज्यले लिनु पर्छ तर अहिले हाम्रो देश र जनताको जिम्मा लिने कसले ? यसरी जतासुकै भताभुंग र लथालिङ्ग हुँदा पनि कुनै पनि पार्टी वा नेताहरु भनुँ भने राज्यले वास्ता गरेको भान कतै पनि देखिदैन अब कसले देश र जनताको यी सब कुराको जिम्मा लिने कुनै निकाय छ त ? नेताहरुलाई खाली कुर्सि र पद कै लोभले सताई रहन्छ भने जनताले संविधान र शान्ति कसरी पाउने त सम्पादक ज्यू ?
 

 
महेन्द्र न्यौपा&   [From: ]:
 
 
विदेशमा बस्ने नेपालीको लागि जानकारी चाहियो केही महिना अघि रोजगारीको सिलसिलामा साउदी अरबमा आएको करिब ५ महिना भयो । साउदीको राजधानी रियाढबाट निकै टाढा अनि दुर्गम क्षेत्र साकाका भन्ने ठाउँको एक कम्पनीमा कार्यरत छु । यो ठाउँ बजारभन्दा पनि पाँच सय कि.मि. टाढा एक गाउँमा छु, जहाँ कुनै सुविधा छैन । यहाँ मलगायत अन्य नेपाली मात्र एक सयभन्दा बढी छन् । अहिलेको सञ्चारको युगमा पनि हामी यहाँ ढुंगेयुगको जस्तो दिन बिताउनु परिरहेको छ । कुनै पनि नेपाली पत्रपत्रिकाहरुको अनुहार सम्म देख्न पाएको छैन । साथीहरुले नेपालबाट आउँदा साथमा ल्याएका केही पुराना पत्रिकाहरु बाहेक कुनै नयाँ पाइँदैन । नेपालमा हुँदा सुनेको थिएँ, टिसिए भन्ने एउटा संस्था छ, जसले विदेशमा बस्ने नेपालीहरुका लागि मात्र पत्रपत्रिकाहरु पठाउने कार्य गर्दछ । त्यसबारेमा जानकारी पाउनका लागि नेपालको पहिलो राष्ट्रिय दैनिक गोरखापत्र मार्फत्र पाउने आशा सहित यो पत्र पाठक पत्रमा पठाइदिएको छु । सम्बन्धित संस्थाले यसै पत्रिका मार्फत जानकारी गराउनु भएमा म जस्ता थुप्रै विदेशमा बस्ने नेपालीहरुलाई सहयोग पुग्ने छ भन्ने मलाई लाग्छ । -महेन्द्र न्यौपाने लगायत अन्य साथीहरु, अल-खलिफ कम्पनी, साकाका, साउदी अरबबाट ।
 

 
बिप्लबी पुस्तका&   [From: न्हैकन्तला, असन, काठमाडौ । ]:
 
 
सहयोगको अपेक्षा नेपालकै पुरानो पुस्तकालय मध्ये एक असनको विप्लबी पुस्तकालय हो । आर्थिक अभावले गर्दा पुस्तकालय संचालनमा केही कठिनाई भएको छ । यस राष्ट्रिय अखवार मार्फत सम्पूर्ण प्रकाशक, सम्पादकहरुलाई के जानकारी गराउन चाहन्छु भने तपाईहरुको कुनै पनि प्रकाशन, पुस्तक, पत्रिकाहरु भएमा यस पुस्तकालयमा सहयोग स्वरुप पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । हुलाकबाट वा सिधै पुस्तकालयको ठेगानामा पठाउन सक्नुहुनेछ । त्यसको लागि हाम्रो ठेगाना यसप्रकार रहेको छ । विप्लबी पुस्तकालय, न्हैकंतला, असन, काठमाडौं । पोबनं. ४३५५, काठमाडौं ।
 

 
shred   [From: ]:
 
 
सम्पादकज्यू, म कुनै इञ्जिनियर होइन न त कुनै वित्त योजनाकार वा प्रोजेक्ट म्यानेजर । यद्यपि यहाा म नेपपालको ऊर्जा -बिजुली) सङ्कट, लोडशेडिङबारे केही औंल्याउन चाहन्छु । धेरै मानिस आए, गए । म र तपाईं जस्ता धेरै आममानिससामु विभिन्न बाचा गरे र सपना देखाए तर पछिल्लो १०-१५ वर्षमा कुनै पनि ठोस पाइला चालिएन/परियोजना कार्यान्वयन गरिएन । हालै मैले सिड्नीस्थित मेरो घरमा फोटोभोल्टाइक सोलार सेल जडान गरेको छु । सरकारले यस्तो कामका लागि ६६ प्रतिशतसम्म अनुदान दिने गरेको छ । वास्तवमा मैले ६६ प्रतिशत अनुदान पाएको थिएा । पीभीसी प्यानलबाट उत्पादित ऊर्जालाई गि्रडमा जोड्ने गरिन्छ । उत्पादित ऊर्जाका लागि मिटर जडान गरिएको हुन्छ । म गि्रडबाट वितरित ऊर्जा किन्छु । साथै, दिनभर उत्पादित ऊर्जालाई गि्रडमा बेच्छु । बिजुलीबापत मैले एक वर्षमा अष्ट्रेलियन डलर एक हजार पााच सयदेखि एक हजार छ सयसम्म तिर्नुपर्दछ । अर्कोतिर, मैले उत्पादन गरेको बिजुली बेचेर वर्षमा अष्ट्रेलियन डलर एक हजार २५० देखि एक हजार तीन सयसम्म आम्दानी गर्छु । यसरी मैले वर्षमा २५० देखि तीन सय अष्ट्रेलियन डलर तिरे पुग्दछ । मेरो घरमा आठवटा प्यानल जडान गरिएृको छ । यसले एक दशमलब पााच किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गर्दछ । ३६५ दिनमध्ये सालाखाला १८० दिन तथा प्रति दिन पााच घण्टाको हिसाबले । यसरी मैले प्रतिवर्ष कुल एक हजार ३५० किलोवाट वा एक दशमलब ३५ मेगावाट बिजुली उत्पादन गर्ने गर्दछु । सिड्नी जस्तै नेपाल 'सनी जोन' मा पर्दछ । माथिको आंकडाको हिसाबबाट आठवटा प्यानल भएका एक लाख युनिट जडान गर्ने हो भने नेपालको ऊर्जा समस्या समाधान हुनेछ । यस्तो गर्दा कुल एक लाख ३५ हजार मेगावाट बिजुली उत्पादन हुनेछ, जुन वर्तमान माग पूरा गर्न यथेष्ट हुनेछ । यी प्यानलहरू एक वर्षभित्रै जडान गर्न सकिन्छ । एउटा मात्र समस्या भनेको खर्च हो । स्थानीय स्रोत र प्रविधि प्रयोग गरी यो समस्या समाधान गर्न सकिन्छ । बालाजु यन्त्र शाला र त्यस्तै अन्य कम्पनीहरू प्यानलहरू उत्पादन गर्न सक्षम छन् । एक पटक जडान गरिएपछि २५ वर्षसम्म यसको मर्मत सम्भारका लागि कम मात्र खर्च लाग्नेछ । यस्ता पीभीसी प्यानलका औसत आयु २५ वर्षको हुन्छ । राम्रो सुविधा पाउने हो र सरकारले जोड दिने हो भने यस्ता प्यानल प्रतिप्यानल पााच हजार रूपियााभन्दा कममा जडान गर्न सकिन्छ । एक लाख युनिका लागि पााच अर्ब रूपियाा खर्च हुनेछ । उक्त रकमलाई १० मेगावाटभन्दा बढी क्षमतामा अन्य जलविद्युत् परियोजनाको लागतसाग तुलना गर्ने हो भने अघिल्लोको रकमले पछिल्लोको रकमलाई उछिन्नेछ । नेपालमा देखिएको पछिल्लो प्रवृत्ति भनेको गि्रडबाट बिजुली चोरी गर्नु हो । मानिसले गि्रडबाट आम्दानी पनि गर्न सकिन्छ भन्ने कुरा एकपटक थाहा पाए भने यस्तो चोरीको प्रवृत्ति पनि समाप्त हुनेछ । तसर्थ, यस्तो स्रोतबारे किन विचार नगर्ने ? धन्यवाद सहित श्रेड
 

 
Netra kumal   [From: siddeshwor -2 Palpa ]:
 
 
नेपालको राष्ट्रिय दैनिक गोरखापत्र पाठकहरुलाई मन पर्ने पत्रिका हो । यसको इन्टरनेट अनलाईनको मुख्य पृष्ठमा प्रकाशित नयाँ नेपाल शिर्षकमा भाषा छान्नहोस्मा कुमाल भाषालाई पनि प्राथामिकतामा राखिएमा हामी जस्ता पाठक वर्ग आभारी हुने थियौँ ।
 

 
अञ्जली शर्मा   [From: चितवन ]:
 
 
अखबारहरूमा मानव अधिकार दिवसका समाचार पढेर हाासो उठ्छ । जुन मुलुकमा हरेक दिन हरेक रात मानव अधिकारको व्यापक उल्लंघन भइरहेको हुन्छ, त्यहाा मानव अधिकार दिवस मनाउनुको कुनै अर्थ पनि छ कि छैन ? बस-मिनीबस चढेर कतै जानुपर्‍यो भने गुन्द्रुक कोचे झैं कोच्ने गरिन्छ । केही बोल्यो कण्डक्टरहरू हातपात गर्न पनि पछि पर्दैनन् । भाडा मनपरी उठाइन्छ । किलोमिटरको हिसाब कतै लागू हुादैन । यो मानव अधिकार उल्लंघन हो कि होइन ? जनताका न्यूनतम आवश्यकताहरूको पूर्ति गर्नु सरकारको दायित्व हो । कल्याणकारी राज्य वा कल्याणकारी सरकारको कल्पनाले नेपाली नागरिकले गर्नसक्ने स्थिति पनि छैन । न पानीको आवश्यक जोहो छ, न त बिजुलीको । भाउले आकाश छुादा पनि सरकारको निद्रा भंग हुादैन । अझ भाउ बढाउने मामिलामा त सरकारी स्वामित्वका संघसंस्थाहरू नै अगाडि रहन्छन् । न्यून आय भएकाहरूले सहजतापूर्वक बााच्नसक्ने स्थिति पनि छैन । यो मानव अधिकार उल्लंघन हो कि होइन ? शिक्षा, स्वास्थ्य, वातावरण प्रदूषणबाट नियन्त्रण जस्ता कुराका प्रत्याभूति संविधानले नै प्रदान गरेको भनिन्छ । शिक्षामा जस्तो व्यापारीकरण अन्यत्र छैन । स्तरयुक्त स्वास्थ्य सुविधासम्मको पहुाच आम जनताका लागि सहज छैन । असंख्य गरिब जनता स्वास्थ्यसेवासम्मको पहुाचको अभावमा अकालमै ज्यान गुमाउन बाध्य छन् । सहरी क्षेत्रमा हेर्ने हो भने सडकहरू नै पनि प्रदूषणका कारक तत्वमध्येमा पर्न आउाछन् । अनि कहाा रहन्छ संविधानको प्रत्याभूति र मानव अधिकारका कुरा ? मानव अधिकारका चर्का नारा लगाउने नेताहरूकै कुरा गर्ने हो भने के उनीहरूले कहिल्यै सोचेका छन्, नेपाली जनताको अधिकारको कुरा ? अनि यस्तोमा मानव अधिकारका कुरा सोनेर कुनै सचेत नागरिक हाास्दछ भने त्यसलाई अन्यथा मान्न मिल्छ र ? अञ्जली शर्मा, चितवन
 

 
सुरेश मानन्धर   [From: ]:
 
 
सशस्त्र द्वन्द्वमा एक हजारभन्दा बढी बालकले बम बनाउन सिकेको समाचार सुनेर/पढेर अत्यासलाग्दो भविष्यको सानो छनक मिलेको छ । हिंसामुक्त समाजको कल्पना गर्नेहरूका लागि यो समाचार आफैंमा कुनै 'एटम बम' भन्दा कम छैन । बम बनाउन सिक्नु सिकाउनु भनेको कलिला मस्तिष्कमा प्रत्यक्ष-परोक्ष रूपमा हिंसाको छाप लाग्नु लगाउनु हो । समाजमा बढिरहेको विकृति विसंगतिहरूले यस्ता बाल मस्तिष्कमा सिर्जनशील, सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिादैन । समाजमा अपराधका घटना तीब्र रूपमा बढिरहेको अवस्थामा यस्ता सिपले बालबालिकालाई पनि हिंसात्मक गतिविधिमा लागेर आफूले चाहेको पूरा गराउनेतर्फ नै उक्साउने सम्भावना नै बढी छ । त्यस्तो बालमस्तिष्कमा परेको प्रभावलाई कसरी सिर्जनात्मक काममा लगाउने भन्नेबारेमा त्यसका लागि जिम्मेवार राजनीतिक दल वा दलहरूले नसोचे अरू कसले सोच्ने ? सुरेश मानन्धर, मनमैजू
 

 
kamal thapa   [From: doti ]:
 
 
baki page kata gayeb bhye ta pachim ko page pani hami paschimeli le herna na paune ta, jata gorkhapatra nai aaudai na.
 

 
शङ्कर श्रेष्ठ   [From: नयााबजार, काठमाडौं ]:
 
 
सबै नेपाली हिरो 'सीएनएन हिरो-२०१०' उपाधि हासिल गरेर माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले राजनीतिक सङ्क्रमणबाट थिलोचिलो भएको नेपाल र नेपालीको मनोबललाई सगरमाथाको शिखरमा छुवाउने काम गर्नुभएको छ । अनुराधा कोइराला त्याग, समर्पण र सेवाभावको पर्याय नै बन्नुभएको छ नेपाली समाजमा । राजनीतिक वृत्तमा एकजनालाई पनि आदर्श मान्न सकिने स्थिति नभएको वर्तमान समयमा कम्तीमा समाजसेवाको क्षेत्रमा एकजना भए पनि गर्वसाथ नाम लिन सकिने व्यक्तित्व नेपालीले पाएका छन् । अनुराधा कोइरालाको विजय नेपालीहरूको पनि विजय हो । अनुराधा कोइरालाको सम्मान सम्पूर्ण नेपालीकै सम्मान हो । अनुराधा कोइराला सीएनएन हिरो-२०१० बनिन् भनेर मात्र हाम्रो दायित्व पूरा हुादैन । अनुराधाले पछ्याएको बाटोमा प्रत्यक्ष परोक्ष साथ दिन सक्यौं भने मात्र हाम्रो दायित्य पूरा हुनेछ । अनुराधा कोइरालालाई सीएनएन हिरो बनाउने नेपालीहरूले अनुराधाका आदर्शहरूलाई पनि पछ्याउनैपर्छ । शङ्कर श्रेष्ठ, नयााबजार, काठमाडौं ।
 

 
रमेश डंगोल, मित्र   [From: ]:
 
 
नोट नचल्ने नै भए त नेपाली छापा माध्यमहरूमा 'राजाको तस्बिर अङ्िकत नोटहरू नचल्ने जस्ता समाचार बेलाबेलामा पढ्न पाइन्छ । राष्ट्र बैंकका जिम्मेवार पदाधिकारीहरूले पनि बेलाबेलामा राजाका तस्बिर अंकित नोटहरू खिच्न निर्देशन दिएका जस्ता समाचारहरू पनि पढ्न-सुन्न पाइन्छ । यी समाचार पढेर हामी जस्ता साधारण व्यक्तिहरू निम्न कुरामा अल्मलेका छौं । १.. नोटमा स्पष्ट उल्लेख गरिएको हुन्छ- 'नेपाल सरकार -पुराना नोटहरूमा श्री ५ को सरकार) को जमानत प्राप्त यसको रूपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया -नोटमा उल्लिखित रकम) तुरुन्त पाइनेछ ।' यस्तो उल्लेख हुादाहुादै राजाको तस्बिर अङ्िकत भएकै कारण नोट त खोटो नहोला नि ? २. आगामी फागुनदेखि यस्ता नोट प्रचलनमा नल्याइने भन्ने पनि सुनिन्छ । फागुनभित्र बैंकमा जम्मा भइ नसकेका नोट सर्वसाधारणले प्रचलनमा ल्याए भने चल्छ कि चल्दैन ? ३. नोटलाई चलनचल्तीबाट हटाइने हो भने त्यस्ता नोट सङ्कलन गर्न एउटा प्रणाली नै विकसित गनुपर्ने हो कि ? देशका कुनाकाप्चामा रहेको सर्वसाधारणले नेपालीले यस्तो नियम थाहा नपाउने र मारमा पर्ने त होइन ? चलनचल्तीबाट हटाइएको कुरालाई नै आधार मानेर त्यस्ता नोट नचल्ने भन्दै सर्वसाधारणलाई ठग्ने काम हुादैन भनेर कसरी भन्ने ? ४. फागुनदेखि त्यस्ता नोटहरू खिच्ने भन्ने भनाइ पनि छ । फागुनदेखि प्रचलनमा नल्याउने नै हो भने त्यस्ता नोट प्रचलनमा ल्याउन बैंकहरूले अहिलेदेखि नै नरोक्ने ? बैंंक भित्रिसकेका त्यस्ता नोटलाई किन पुनः चलनचल्तीमा ल्याउने ? राष्ट्र बैंकले त्यसतर्फ आवश्यक कदम किन नचाल्ने ? आशा छ, यो सामग्री गोरखापत्रको छापा संस्करणमा पनि प्रकाशित हुनेछ र सरोकारवाला निकायहरूले सन्तोषजनक जवाफ दिनेछन् । रमेश डंगोल, मित्रपार्क भीमप्रसाद आचार्य, बालाजु
 

 
dharmendra patel   [From: ]:
 
 
म गोरखापत्रको नियमित पाठक हुा तर यसमा विद्यार्थीहरूका लागि थप तथा उच्च शिक्षाका लागि उपयोगी सामग्रीहरूको अभाव छ ।
 

 
dinesh kc   [From: ]:
 
 
malai gorkha patra nikai nai ramro lagyo tesai le malai pani niyamit grahak banna man lage ko chh. niyemit grahak banna lai K garnu parch hola ? hami le sidhai online marfat form bharna sakchham ki sakdainam ? Ani malai sake samma choto gharmai patrika pathaidine bebasta garna maile K garna parchha ? दिनेशजी, तपाईंले ठेगाना पनि लेख्नुभएको भए सुझाव दिन सहज हुने थियो । गोरखापत्र
 

 
Gokul Pradhan   [From: Kathmandu ]:
 
 
गोरखापत्र एउटा यस्तो इतिहास बोकेको राष्ट्रिय दैनिक पत्रिका हो, तर यसले पहिले जति नाम र दाम कमाएको थियो अहिले आएर यो निजी पत्रिकाहरुको दाँजोमा ओझेलमा परेको छ, किन भन्ने तिर कसैको ध्यान गएको देखिदैन प्राइभेट पत्रिकाहरुले जति पठनीय पाठकको रुचि अनुसारको सामग्री समावेश भएर होला
 

 
mohani lal tiwari   [From: ]:
 
 
नमस्कार । मेरो सानो गुनासो भनौं वा यथार्थ नेपालीसामु जस्ताको तस्तै पुर्‍याउनुहुनेछ भन्ने आशा छ । सबैलाई थाहा भएकै कुरा हो, नेपाल आमा अहिले फलामे जंजिरमा फसेकी छन् । कसले फसायो ? राजनीतिक पाटर्ीैहरूले । हे प्रचण्ड Û मेरो गोरुको बाह्रै टक्का भन्न छोडिदेऊ । होइन भने जुन ठाउाबाट आएका थियौं त्यही ठाउामा पछार्दै लैजानेछ जनताले । होस राख किन सम्पूर्ण नेपालीको भविष्यमा बारुद मोलेका छौं ? होस गर, अब तिमीले थापेको धराप तिमी आफैं माथि पड्किने बेला भयो र सम्पूर्ण पार्टी हरूले एकपटक बाबुराम भट्टराईलाई प्रधानमन्त्री चुनेर बाबुराम को खुबी पनि बाहिर ल्याीएदेखि आभारी हुने थियौं । किनभने सबैको चाहना यही छ । mohani_kumar@yahoo.com
 

 
Smirti Sharma   [From: ]:
 
 
गोरखापत्रमा केही लेख्न पाउनु हाम्रो सौभाग्य हो । म गोरखापत्रको नियमित पाठक हुा । खासगरी लोकसेवा आयोगको र अन्य सरकारी सूचनाहरूबारे थाहा पाउन गोरखापत्र हेर्छु । गोरखापत्र सरकारी स्वामित्वको दैनिक भएर पनि राष्ट्रिय हितका विषयमा सामग्रीहरू दिन चुकेको छ । यद्यपि म एक युवती हुा, मिस नेवा को भए ? मिस तामाङ को भए ? अथवा मिस भेरी को भए ? जस्ता समाचार छाप्नुभन्दा केही गहन समाचार, अनुसन्धानमा आधारित समाचार छाप्नु हुन आग्रह गर्दछु । म http:/www.edusanjal.com की सदस्य हुा, जसले नेपालको शैक्षिक स्तर माथि उकास्न र नेपाली विद्यार्थीहरूलाई छात्तवृत्ति, सूचना, परीक्ष परिणाम आदिबारे जानकारी दिने प्रयास गरिरहेको छ । किन गोरखापत्रले त्यस्ता समाचार छाप्दैनन्, जुन विद्यार्थीहरूका लागि महत्वपूर्ण छन् ? smirti77@gmail.com
 

 
krishna darnal   [From: palpa, tansen ]:
 
 
प्रबिधिको युगमा नेपालकै पुरानो संचारजगतको धरोहर गोरखापत्र दैनिकले पनि आफ्नो अनलाइनसेवा सुचारु गरे अति राम्रो हुने थियो । कृष्ण दर्नाल पाल्पा
 

 
RAMJI BALAMI   [From: makawanpur ]:
 
 
पाठक आवाजmaa प्रकाशित सामाग्रीलाई पनि वेब मा राख्न मिल्दैन र <
 

 
वसन्त राजवाहक   [From: काठमाडौं ]:
 
 
गोरखापत्र एउटा यस्तो इतिहास बोकेको राष्ट्रिय दैनिक पत्रिका हो, तर यसले पहिले जति नाम र दाम कमाएको थियो अहिले आएर यो निजी पत्रिकाहरुको दाँजोमा ओझेलमा परेको छ, किन भन्ने तिर कसैको ध्यान गएको देखिदैन प्राइभेट पत्रिकाहरुले जति पठनीय पाठकको रुचि अनुसारको सामग्री समावेश भएर होला गो.प. लाई सरकारको नियन्त्रित समाचार मात्र प्रकाशित गर्नु पर्ने भएर होला यसको लोप्रियतामा कमी आएको वा राजनीतिकरणले यसको स्तरीयतामा ह्रास आएको ? अब सयलाई पुरानोको नाताले पनि पाठकको रुचि लोकप्रिय बनाउन निजीकरण मै जानु पर्ने हो कि ? क्या हो ?
 

 
राजीव बास्तोला   [From: कोटेश्वर, काठमाडौं ]:
 
 
हामी सबैलाई थाहा छ, गोरखापत्र सबै भन्दा पुरानो पुरानो पत्रीका हो । तर यो समय अनुसार परिवर्तन हुन सकेको देखिदैन । यसको अनलाईन सेवा आकर्षक छैन भन्दा हुन्छ । यो अनलाईनलाई सुधार गर्नै पर्ने भएको छ । यसले साजसज्जा मा सुधार गरोस् । र यसमा धेरै भन्दा धेरै सामाग्री राखोसा ।
 

 
Naresh Kumar Shahi   [From: Mangalsen Achham ]:
 
 
यो प्रतिष्पर्धाको युग भएकोले गोरखापत्र दैनिकले अनलाईन संस्करण प्रत्येक घण्टामा अपडेट हुने गरी संचालन गर्दा म जस्ता ग्राहकलाई सेवा पुग्थ्यो की ? यसका लागि जिल्ला समाचारदाताका समाधान गर्दै उनिहरुलाई चलायमान गर्नु पर्‍यो ।
 

 
C.B. Mainali   [From: colombia, south america ]:
 
 
sarba pratham gorkhapatra lai dhanya bad dina chahanchhu. pahila ko gorkhapatra ra ahileko gorkhapatrama dherai badalab aaechha yo samaya anusar paribartit hudai gaeko re chha bhanne praman ho. dherai bhasa bhasi lai uchit isthan dieko ma khusi lagyo jas lai pani aafno matri bhasako atyantai mahatwa hunchha. jasko paripurti gorkhapatra le pura gari diechha.sathai aaru private prakashan griha harule pani yasai gari samabeshi bhai dina ko lagi anurodh chha . aaja samma aaru dainik patrikale bibidh bhasama print news dieko malai aajaka din samma thaha bhaena. muluk ko jetho patrika le aagami dinharuma ajha badhi parimarjit samaya sapeksha ,chalna sakos. sathai yas lai kebal sarkari mukhpatra huna baata jogauna sampurna pathak suvachintak , bidhwan buddhijiwi haru le chanakho bhai awaj bulanda parnu hunechha bhanne biswas lina chahanchhu.
 

 
GOVINDA BANIYA 9841473002   [From: KATHMANDU NEPAL ]:
 
 
गोरखापको यो साइटमा अडियो समाचार पनि राख्न पाए ठिक होला िक ?
 

 
Khagendra Rai (Sampang).   [From: Lelep-4, Taplejung. ]:
 
 
I like Gorkhapatra Daily News, becouse I think it is fair than other news paper and it is Old is Gold like this.
 

 
H Pathak   [From: ]:
 
 
गोरखापत्रले साच्चिकै सामाजिक काम गर्न खोजेको हो भने प्रत्येक दिन एउटा बिशयबस्तु राखेर टिप्पणी मागोस जस्ले देशमा चलिरहेको समस्यालाई समाधान गर्न सम्बन्धीत निकाय वाध्य होस् तथा समाधान का लागि उपाय पनि पाओस । ब्यबसाo मात्र होइन पत्रकारको को काम देश बनाउने हो ।
 

 
kamalhari khatiwada   [From: ]:
 
 
त्रिविवि, उच्च मा.वि.तथा एस.एल.सि.को परिक्षाफल विशेष गरि गोरखापत्रमा नै छापिनु वेश हुन्छ किनकी दुर्गम भेगमा राजनैतिक विचारले भन्दा राष्ट्रिय विचारले ओतप्रोत भएको गोरखापत्र नै पढ्ने पुग्ने चलन छ ।यो वास्तवीकता पनि हो । गोरखापत्रको लेखन ढााचा कि त परम्परागत रुपको वनाउन सके आकर्षण हुने थियो नत्र पूर्ण आधुनिक बनाउनु पर्‍यो । अहिलेको लेखन ढााचा अलि समय सुहाउादो भएको छैन । त्यसमा आकर्षणको मात्र नै छैन भन्दा हुन्छ । त्यसैले आधुनिक शैलिका आकर्षण झल्काउनु वा परम्परागत लिपिलाई टल्काउनुमा नै यसको भविष्य रहेको ठान्दछु । comalhari@yahoo.com
 

 
किशोर वान्तवा   [From: ]:
 
 
गोरखापत्रको वेबसाइटमा प्रतिक्रियाका नाममा थोत्रा गफहरू नै बढी आए । यस्ता गफका लागि त गोरखापत्रको आग्रह राखिएको होइन होला नि ? गोरखापत्रले त त्यसमा छापिएका समाचार, विचारहरूलाई लिएर व्यक्त गरिएका सटिक टिप्पणीहरू पो प्रकाशित गर्न पर्दथ्यो । नयाा नयाा कुरा दिन सक्नुपर्दथ्यो । त्यसो नभई गोरखापत्रको आग्रह झारा टराइ मात्र भयो है ? किशोर वान्तवा, धरान पि्रय वान्तवाजी, सुझावका लागि धन्यवाद । यो ँगोरखापत्रको आग्रह’ गोरखापत्रमा छापिएका समाचार, विचारहरुलाई लिएर हाम्रा श्रद्धेय पाठकहरुले सटिक टिप्पणी पठाउन्् भनेर नै थालेका हौं । उपयुक्त र स्पष्ट भाषामा पठाइने कुनै पनि वस्तुगत र सटिक टिप्पणी, विचारको हामी हार्दिकतासाथ स्वागत गर्दछौं । कसैलाई पनि गालीगलौज गरेर सामग्री नपठाइयोस् भन्ने हाम्रो आग्रह छ । पठाइएका सामग्रीलाई गोरखापत्रको अनलाइन पृष्ठ र छापामा पनि उचित स्थान दिने व्यवस्थ्ाा गरेका छौं । तसर्थ, तपाईं र तपाई जस्ता सचेत अन्य पाठकबाट पनि गोरखापत्रमा छापिएका समाचार, विचारमाथिको टिप्पणी मात्र होइन, मौलिक विचारको पनि हामी त्यसरी नै स्वागत गर्दछौं । सम्पादक
 

 
Suresh raj panthi 9847104311   [From: Tamghas gulmi ]:
 
 
गोरखापन्नमा T.U. को result समाबेस गरिदिएमा सुनमा सुगन्ध हुने थियो
 

 
KRISHNA KARKI   [From: Itahari,sunsari ]:
 
 
sarwapratham gorakhapatra lai dhanyawad yar arthma ki 19au dasak dekhi harek nepali ko man mutuma baser sampurna samchar sampreshna garne garekoma sathai pathak pratikirya rajheko ma jhan ma 1dam khußi 6u kinki yasle jhan pathak bich samndhama madhuryata chaunema bìswasth 6u.
 

 
Rudra Prasad Acharya   [From: Doha Qatar ]:
 
 
Gorkha patra bhana ko nepal ko nai purano patrika ho yasai gari public haru ko chana haru lai pura garako ma thanks.................
 

 
bedprakash timilsaina   [From: Achham ]:
 
 
गोरखापत्र दैनिकलाई अछामको सदरमुकाम मंगलसैन लगाएत देशभर वितरण हुने व्यवस्था गर्नु पर्ने निकै आवश्यक छ । यसका लागि जिल्लाका समाचारदाताहरुलाई केही जिम्मा पनि दिनु पर्‍यो ।
 

 
bimal kumar basnet   [From: dor.babarmahal ktm. ]:
 
 
"gorakhapatra ko aagraha" bhanne stambha pathak brinda kaa lagi sampresan bhayako ma jyaddai khushi lagyo.yasko lagi ma gorakhapatra prati hardik aabhar byakta gardachhu.dhanyabaad!
 

 
shambhu bhattrai   [From: usa co ]:
 
 
gorkha patra ko yo kadam sarai ramro lagyo ho yesari nai public ko comment lai aatmasat gardai kami kamjori lai sudhardai agibadnu parchha thanku./
 

 
Radha krishna Deo   [From: ]:
 
 
लामो समयदेखि केही प्रतिक्रिया पठाउने विचारमा थिएा । १. ज्यादै प्रचलित रिचा सर्वे भवन्तु सुखिन ... माकश्चिद् दुःख भाग्जन मा परिवर्तन गरियोस् । यो सम्पूर्ण विश्व समुदायको लागि हो, नेपाली समुदायका लागि मात्र होइन । असङ्ख्य अनुसन्धाताहरूले अझै पनि संस्कृत सम्पदामा काम गरिरहेका छन् । अनुवाद स्वागतयोग्य छ तर मूल संस्कृतलाई पनि राखिनुपर्छ । ... यो हाम्रो पुर्खाको उपलिब्ध हो । यसलाई फोहोर फाल्ने ढ्वाङमा नराखौं । २. एक सय वर्षभन्दा बढी समयदेखि प्रकाशनमा रहेको छ । यसले प्रत्येक प्रतिको पााच पैसाका दरले एउटा कोष खडा गर्नुपर्छ । उक्त कोषलाई मानव तस्करीको लडाईं, नेपालीमा असमयमा मृत्य जस्ता विषयको अध्ययन आदिमा खर्च गरिनुपर्छ । कृपया ध्यान रहोस्, दैनिक करिब छ सय आप्रवासी विदेशमा मर्छन् । उपत्यकामा वायु प्रदूषणका कारण एक हजार छ सयजना मर्छन् । आरटीएबाट करिब दुई हजार आठ सय मर्छन् । उपचारात्मक तथा प्रतिकारात्मक उपायहरू अपर्याप्त छन् र राजनीतिक प्रतिबद्धता अझै शैशवस्थामा छ । तपाईंको प्रयासले मुलुकमा नयाा परिवर्तन ल्याउन सक्नेछ र सरोकारवालाई केही गर्न घच्घच्याउानेछ । राधाकृष्ण देव, एसएसी, नेपाल
 

 
dev   [From: ]:
 
 
नेपालका नेता, पत्रकार र वकिल सबै चोरका सन्तान हुन् कि क्या हो? जस्ले सोह्रौं पटकसम्म पनि बहुमत देखाउन सकेन तेसैलाई प्रधानमन्त्री बनाउन भनेको छ सर्वोच्चले भन्नेहरु सबै फटाहा हुन र जबसम्म यिनिहरुको अन्त्य गरिदैन तबसम्म नेपाल र नेपालीको भलो हुने संभावना छैन |२०४६ को जनाअन्दोलनपछी राजालाई संविधान भन्दा माथि राख्नु, मल्लिक आयोग् र रायमाझि आयोगको सुझावलाई कार्यनव्यन नगर्ने पनि यिनै फटाहाहरु थिए|संविधान बन्ने संभावना त क्षीण भैइ सक्यो, तेसैले नेपाली जनताले आफ्नो देश र आफ्नो उज्जवल भविस्यको सपना साकार पार्न अझै एउटा निर्णायक लडाईं नलडी हुँदैन|
 
 

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home