प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/Gopa Logo color_qsg38xx_kn7ckss.png

डिजिटल युगमा प्रवेश गर्नु समयको माग हो : सञ्चार सचिव बस्नेत

डिजिटल युगमा प्रवेश गर्नु समयको माग हो : सञ्चार सचिव बस्नेत

डिजिटल युगमा प्रवेश गर्नु समयको माग हो : सञ्चार सचिव बस्नेत

काठमाडौँ, फागुन १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा प्रवेश गर्नु समयको माग भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको डिजिटल प्रकाशन (गोरखापत्र अनलाइन र दी राइजिङ नेपाल डेली डटकम) को २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘गोरखापत्रजस्तो १२५ वर्षको इतिहास बोकेको संस्थान डिजिटल युगमा प्रवेश गर्नु र ‘डिजिटल डे’ मनाउनु आवश्यक छ’, कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले भन्नुभयो, ‘डिजिटल युगमा प्रवेश गर्नु समय सान्दर्भिक र समयको माग हो ।’ 

उहाँले अब हामीले विश्व परिवेशलाई हेरेर अगाडि बढ्नुपर्ने र नयाँ प्रविधि अनुसार गोरखापत्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सयम अनुसार नागरिकलाई भ्रमबाट सचेत बनाउन सामाजिक सञ्जाल प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

 

https://gorkhapatraonline.com/news/193492