वि.सं:
नेपाल संवत: ११४६ चौलागा तृतीया - १८
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२।१२।२२ निर्णयानुसार पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सम्पूर्ण सरकारी कार्यालय संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने र उल्लेखित कार्यालयहरूको कार्यालय समय ९:०० देखि ५:०० बजे कायम गर्ने निर्णय भएकोले उक्त नियम यस संस्थानमा पनि चैत २३ गतेदेखि लागू हुने जानकारी गराइन्छ। साथै, संस्थानका प्रकाशनहरूको विज्ञापन, सम्पादन, मुद्रण र वितरण कार्यमा बाधा नपर्ने गरी सम्बन्धित प्रमुखले तोके बमोजिम बिदा बस्नुहुन सम्बन्धित कर्मचारीहरूमा अनुरोध गरिन्छ।