वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
काठमाडौँ, माघ १८ गते । गोरखापत्र संस्थानबाट सेवानिवृत्त हुनुभएका दुई जना पत्रकारको आज औपचारिक बिदाइ गरिएको छ । संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड) र महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनोसहित बिदाइ गर्नुभयो ।
वि.सं. २०५५ वैशाख १३ गतेदेखि प्राविधिक सेवा, नेपाली प्रुफरिडिङ समूह तह ५ बाट स्थायी नियुक्ति भई हाल पत्रकारिता सेवा नेपाली प्रुफरिडिङ समूह तह ७ को प्रमुख प्रुफरिडिङ अधिकृतबाट माघ १४ गतेदेखि ५८ वर्ष उमेर हद पूरा गरी कृष्णप्रसाद भण्डारी सेवानिवृत्त हुनुभएको हो । भण्डारीले २७ वर्ष ९ महिना १ दिन सेवा गर्नुभएको छ ।
त्यसैगरी लेखा अधिकृत ब्रह्मदेव महतो २०५० चैत २९ गतेदेखि स्थायी नियुक्ति हुनुभएको थियो । आम्दानी तथा बिलिङ शाखामा प्रशासन सेवा, लेखा समूह तह –६ को लेखा अधिकृत पदमा पदाधिकार रही सामान्य प्रशासन शाखा अन्तर्गत दर्ता चलानी उपशाखामा प्रमुख भई काम गर्दै महतो माघ ३ गते ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनुभएको हो ।