गिद्दे प्रेस संरक्षणका लागि प्रिन्टिङ म्युजियम बनाइने

गिद्दे प्रेस संरक्षणका लागि प्रिन्टिङ म्युजियम बनाइने

None

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १६ गते । गोरखापत्र संस्थानले गिद्दे प्रेसको संरक्षण गर्ने उद्देश्यसहित काम सुरु गरेको छ । गोरखापत्रको पहिलो प्रेसको रुपमा स्थापित गिद्दे प्रेस संस्थानका लागि अमूल्य निधि भएकाले यसको संरक्षण सुरु गरिएको हो । 

संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले गिद्दे प्रेस अहिलेसम्म अलपत्र परेको अवस्थामा रहेकाले यसका अङ्ग प्रत्यङ्गहरुको संकलन गरी संरक्षण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार गिद्दे प्रेसको संरक्षणका लागि संस्थानले प्रिन्टिङ म्युजियम बनाउने तयारी गरेको छ । 

वि.सं. १९०८ मा तत्काली प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट सो प्रेस नेपाल ल्याउनुभएको थियो । ऐतिहासिक प्रेसको संरक्षण गरी गोरखापत्रको विरासत जोगाउने अभियान सुरु भएको महाप्रबन्धक रावलले बताउनुभयो । 

Detail News