गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त

गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त

None

काठमाडौं, वैशाख १८ गते । गोरखापत्र दैनिकको प्रधान सम्पादकमा पत्रकार जुनार बस्नेत नियुक्त हुनुभएको छ । गोरखापत्र दैनिकमा २१ वर्षपछि उहाँ प्रधान सम्पादकमा शुक्रबार नियुक्त हुनुभएको हो । 

संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । पत्रकार बस्नेत प्रबन्ध सम्पादक तह १० बाट ११ तहमा बढुवा हुनुभएपछि निमित्त प्रधान सम्पादकबाट प्रधान सम्पादकमा नियुक्त हुनुभएको हो । 

अध्यक्ष भण्डारीद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा लेखिएको छ, “गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली २०८२ को विनियम ४४ को उपविनियम (२) बमोजिम मिति २०८३-०१-१८ गतेदेखि लागू हुने गरी बढीमा २ (दुई) वर्षका लागि नियुक्त गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।”

गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त