गोरखापत्र जनताको निर्भीक आवाज बनिरहोस् : प्रधानमन्त्री शाह

गोरखापत्र जनताको निर्भीक आवाज बनिरहोस् : प्रधानमन्त्री शाह

None

काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् भन्नुभएको छ ।

गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘‘पत्रकारिताले समाजको ऐना मात्र होइन, समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्दछ । गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् । तपाईंहरूको सिर्जनात्मक कार्यले नै समृद्ध नेपालको सपना साकार पार्न बल पुग्ने छ ।’’ 

https://gorkhapatraonline.com/news/204604