गोरखापत्र डिजिटल यात्रा

गोरखापत्रले आफ्नो प्रकाशनको सवा सय वर्ष पूरा गर्ने क्रममा एक्काइसौँ शताब्दीको उन्नत प्रविधि कृत्रिम बौद्धिकता (एआई)को प्रयोगकर्ताका रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

None

गोरखापत्रले आफ्नो प्रकाशनको सवा सय वर्ष पूरा गर्ने क्रममा एक्काइसौँ शताब्दीको उन्नत प्रविधि कृत्रिम बौद्धिकता (एआई)को प्रयोगकर्ताका रूपमा आफूलाई स्थापित गरिसकेको छ । सिसाका साना अक्षर हातैले टिपेर स्टिकमा मिलाउने, ग्यालीमा राखेर पृष्ठ तयार गर्ने र हाते मेसिनबाट छापेर पाठकसम्म पु‍र्‍याउने प्रारम्भिक अवस्थाबाट एआईको प्रयोगसम्म आइपुग्नु गोरखापत्रको दीर्घकालीन विकास यात्राको स्पष्ट प्रमाण हो । समयानुकूल सुधार र प्रविधिको निरन्तर आत्मसात् गर्ने क्षमताकै कारण गोरखापत्रले १२५ (शताब्दी रजत) वर्ष मनाउने सफलता हासिल गरेको हो । 

विसं १९५८ वैशाख २४ गते प्रकाशन सुरु भएको गोरखापत्र १२६ वर्षको यात्रा तय गर्दै विश्वव्यापी पहुँच बनाउन सफल भएको छ । नेपालको राणाकालीन कठोर राजनीतिक परिवेशमा जन्मिएको गोरखापत्र आज दोस्रो शताब्दीको निरन्तर गतिशील यात्रामा अघि बढिरहेको छ ।

सन् १९३० को दशकदेखि नै गणितज्ञ र इन्जिनियरले अङ्कको प्रयोगमार्फत तथ्याङ्क उत्पादन, प्रशोधन र प्रसारण गर्ने प्रविधिलाई ‘डिजिटल’ नाम दिएका थिए । डिजिटल विकासको इतिहासमा सन् १९८० को दशकलाई महत्त्वपूर्ण कालखण्ड मानिन्छ । यस समयमा व्यक्तिगत कम्प्युटरको विकास, डिजिटल सञ्चार प्रविधिको विस्तार र विभिन्न डिजिटल उपकरणको प्रयोगले विश्वव्यापी रूपमा डिजिटल क्रान्तिको आधार तयार ग‍र्‍यो । त्यसपछि सन् १९९० को दशकमा इन्टरनेट सर्वसाधारणका लागि उपलब्ध हुन थालेपछि सूचना आदानप्रदानको स्वरूप नै परिवर्तन भयो । वेब ब्राउजरको विकास, डिजिटल मल्टिमिडिया सामग्री (जस्तै : डिजिटल फोटो, भिडियो) तथा इमेल सेवाको विस्तारले इन्टरनेटको लोकप्रियता तीव्र रूपमा बढायो । 

https://gorkhapatraonline.com/news/204983